बलात्कारपछि छ वर्षीया बालिकालाई निर्बस्त्र सडकमा फालियो
वीरगन्ज : बारामा फेरि एक बालिका बलात्कृत भएकी छिन् । शुक्रबार साँझ घरबाट हराएकी बालिका शनिबार बिहान अचेत अवस्थामा निर्बस्त्र भेटिएकी छिन्।
बलात्कृत बालिकाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्जकै नेशनल मेडिकल कलेजमा लगिएको छ। सरलाको नेशनल मेडिकल कलेजको सघन कक्षमा राखेर उपचार भइरहेको छ । शनिबार साँझ सम्म उनको होश खुल्न सकेको छैन।
कलैया नगरपालिका वडा नम्बर ८ मदर्शा टोल निवासी रमेश कुमार (नाम परिवर्तन) की ७ वर्षीया छोरीको बलात्कार भएको हो। शुक्रबार साँझ देखि हराएकी भएकी सरला कलैया नगरपालिका वडा नम्बर ६ स्थित श्री त्रिचन्द्र उच्च माबिसँगैको सडक छेउको खाल्डोमा शनिबार बिहान निर्वस्त्र र अचेत अवस्थामा फेला परेकी हुन्।
अचेत भेटिएकी सरलालाई योनीबाट रगत बगिरहेको अवस्थामा फेला पारिएको प्रहरी निरिक्षक हरिकृष्ण खत्रीले बताए।
उपचारमा संलग्न चिकित्सकले सरलाको बलत्कार भएको बताएको प्रनि खत्रीले जानकारी दिए ।उनले भने ,‘डाक्टरले बलत्कार नै भएको बताएका छन् ,तर लिखित रिपोर्ट भने आउन बाँकी छ । बलात्कृत बालिका सरलाका बुबा रमेशले कलैयाको दही बजार नजिकैको सडकको छेउमा पसल थापेर श्रृंगारका सामानहरु बेच्न गरेका छन् रमेशले सााझ सामान थन्काउनका लागि पसल नजिकै कोठा भाडामा लिएका छन्।
बालिका बलात्कारको विरोधमा निकालिएको र्याली । फोटो : क्रान्ति शाह
शुक्रबार साँझ सरला आफनी १० वर्षिया दिदीसँगै पसलमा गएकी थिइन् रमेशले पसलको सामान थन्काउन दुवै छोरीलाई अह्राएपछि दिदी बहिनी पसल नजिकै भाडामा लिइएको कोठातर्फ गएका थिए ।
त्यही बेला एक अपरिचित युवकले रमेशकी जेठी छोरीलार्इ भने ,तिम्रो बुबाले स्याउ सुन्ताला किनेर मेरो घरमा राखेका छन् ,हिँड मेरो घर म तिमिलार्इ दिन्छु। तर उनले म जान्न भन्दै पसल तिर हिँडेपछि त्यही मौकामा ती युवकले बहिनीलार्इ फकाएर लगेको हुनसक्ने रमेशका छिमेकी मुन्ना शेखले बताए।
पसलका सामान थन्काएर राति ८ बजे घरमा कान्छी छोरीलाई नदेखे पछि रमेशले छरछिमेकमा सोधीखोजी गरे । कान्छी बहिनीका बारेमा सोधी खोजी हुन थालेपछि राति १० बजे मात्रै जेठी छोरीलार्इ अपरचित युवकले दिउँसो स्याउ सुन्तालाको प्रलोभन दिएर घर लान थालेको घटनाबारे आफुलाइ जानकारी दिएको रमेशले बताए। source a2z khabar
