कपाल लामो र सिल्की बनाउन रातो प्याज प्रयोग कसरी गर्ने थाहा पाईराखौ....



लामो र टलटल टल्किने कपालको इच्छा सबैमा हुन्छ । त्यासो भन्दैमा लामो र सलक्क परेको कपाल भैहाल्ने पनि त होइन । तर लामो र चम्किलो कपाल पाउने तपाईको इच्छा सपनामै सिमित रहला जस्तो लागेको छ भने, अव तपाईले चिन्ता लिनु पर्दैन । डिसीनेपाल सँग उचित उपाय छ जसको सहायताबाट तपाईले पाउनुहुनेछ लामो र साइनी कपाल ।



कल्पना गर्नुस्- कपाल झर्ननदिने, कपाल सेतो तथा फुस्रो हुन नदिने र कपाल चाँडै लामो हुने घरेलु प्रबिधि भए कति राम्रो हुने थियो होला । हो यस्तो घरेलु उपचार छ । रातो प्याज प्रयोग गर्नाले तपाईको कपाल झर्ने समस्यामा कमि ल्याउने, कपाल फुर्सो तथा सेतो हुनबाट बचाउने र कपाललाई छिटोछिटो बढ्न सहायोग गर्छ ।

कपाल बढ्ने प्रक्रिया बंशानुगत गुणमा पनि भर पर्छ । तर केही बाह्य र आन्तरिक कारणले पनि कपाललाई लामो हुनबाट छेकबार गरिरहेको हुन्छ । घरेलु उपचार तपाईको कपालका लागि चमत्कार हुनसक्छ किनकी यो प्रबिधि धेरै पहिलादेखी अपनाउदै आइएको छ  र भरपर्दो पनि छ ।

रातो प्याजको झोल तपाईको कपालको लागि अचम्मको ओखती सावित हुन सक्छ र धेरैजसो कलाकारहरु जो आफनो कपाल सुन्दर बनाउन चाहन्छन् उनीहरुका लागि समेत यो प्रबिधि तथा सरदाम अत्यन्तै लाभदायक छ ।

अनुसन्धानले के देखाएको छ भने रातो प्याज प्रयोग गर्नाले ८७ प्रतिशत घटनाहरुमा कपाल झर्ने समस्याबाट सफलता मिलेको छ । यो घरेलु प्रबिधि अपनाउनाले तपाईको कपाल एक महिना भित्रै आकर्षक पाउनु हुनेछ ।

छालारेग बिशेषज्ञहरुका अनुसार प्याज प्रबिधिले कुनै साइड इफेक्ट गर्दैन । रातो प्याजमा सल्फरको मात्रा प्रस्सत हुन्छ जुन कोलाजेन उत्पादनमा अत्यन्तै आवश्यक हुन्छ । कालाजेन कपाल बृद्धीका लागि आवश्यक हुन्छ ।

रातो प्याजको झोलले टाउको तथा खप्पर वरिपरिको रगत संचारमा सुधार ल्याउने काम गर्छ । यसमा रहेको किटाणुनासक गुणले छालालाई सुनिन पनि दिदैन । प्याजको झोलले रौंका प्वालहरुलाई खोल्ने काम गर्छ र कुनैपनि संक्रमणबाट बचाइराख्ने काम गर्छ जसका कारण तपाईको कपाल अति बलियो हुन जान्छ । यो घरेलु उपचार अपनाउन सुरु गरेकोे एक महिनाको अधिमा नै तपाईले अचम्मको परिणाम पाउनुहुनेछ ।

आवश्यक सरदाम:

२-४ प्याजलाई सफा पार्नुस् र गोलो पारेर काट्नुस् । प्याज निचोरेर जुस निकाल्नुस । एक चम्चा महमा प्याजको रस मिसाउनुस् ।

प्रयोग गर्ने तरिका:

मह र प्याजको जुसको मीश्रणलाई हलुंगो तरिकाले टाउको तथा खप्परमा दल्नुहोस् । १५-३० मिनेट सम्म यसलाई केही नगर्नुहोस् । कतिपयलाई यसको गन्ध मननपर्नसक्छ तर यो अत्यन्तै लाभदायक छ । अव नियमित जसरीनै आफनो कपाल पखाल्नुहोस् । सक्नुहुन्छ भने दैनिक गर्नुहोस् नभए आफूले कपाल नुहाउने दिनमा यो प्रक्रिया अपनाउन सक्नु हुन्छ ।




प्रतिक्रिया दिनुहोस्...