२०७१ चैत्र १५ आईतवार
काठमाडौं : विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि आयोजक अस्ट्रेलियाले जितेको छ ।
मेलबर्नमा भएको फाइनल खेलमा अर्को आयोजक न्युजिल्यान्डको पहिलो पटक उपाधि जित्ने सपनामा तुषारापात गर्दै अस्ट्रेलिया पाँचौ पटक विश्वकप क्रिकेटको उपाधि जित्न सफल भएको हो।
टस जितेर पहिले ब्याटिङ गर्दै न्युजिल्यान्डले दिएको १८४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३२.४ ओभरमा ३ विकेट गुमाउँदै विश्वकप क्रिकेटको उपाधिलाई घरैमा राख्न सफल भएको हो ।
अस्ट्रेलियालार्इ विश्वकपको पाचौं उपाधि दिने क्रममा कप्तान माइकल क्लार्कले ७४ रनको पारी खेले । उनले ७२ बलको सामना गर्दै १० चौका र एक छक्काको मद्दतमा सो स्कोर बनाए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
३ चैत, काठमाडौं ।
रुसमा हुने विश्वकप फुटवलको छनौट चरण अन्तर्गत काठमाडौंमा यतिबेला नेपाल र भारतीय टिमबीच भिडन्त भैरहेको छ । यस अघि भारतमा भारतसँग हारेर फर्किएको नेपाल घरेलु मैदानबाट बदला लिने सुरमा छ ।
दर्शकको हुटिङको साथ नेपाली टिमलाई छ यदयपी यो समाचार तयार पार्दा सम्म कुनै पनि पक्षले गोल गर्न सकेका छैनन् । मध्यान्तर सम्म पनि नेपाल र भारतबीचको खेल गोलरहित बराबरीमै सकिएको छ ।
प्रत्यक्ष भिडियो हेर्नुस्
गोल प्रयासमा नेपाल भन्दा भारतीय खेलाडी अगाडी देखिएका छन् । यद्यपी नेपाली डिफेन्स पनि राम्रै देखिएको छ । अव दोश्रो हाफमा नेपालले प्रदर्शन सुधार्नु पर्ने देखिन्छ ।
२०१८ को विश्वकपमा मात्र नभएर युएइमा हुने एसिया कपको खेलका लागि छनौट हुनका लागि समेत हार्नै नहुने अवस्थामा रहेको नेपाली टिमका खेलाडीलाई राष्ट्रिय झण्डा बोकेका नेपाली दर्शकले हौस्याइरहेका छन् ।
नेपाल छनौटका लागि ३–० ले भारतलाई पराजित गर्नु पर्ने अवस्थामा छ ।

source:nepali headline
कुवेत, कात्तिक २६– कुबेतमा जारी एसीसी अन्डर १९ प्रिमियर लिग क्रिकेटको तेस्रो खेलमा पनि नेपाल विजयी भएको छ ।
यसअघि कुवेत, साउदी अरेबियालाई भारी अन्तरले हराउन सफल नेपालले आज मलेसियालाई ५३ रनले पराजित गरेको हो । मलेसियाविरुद्ध पहिले ब्याटिङ गरेको नेपाल खराब प्रदर्शन गर्दै १ सय १५ रनमा सीमित भएपनि बलिङमा चम्किएपछि अपराजित यात्रा कायम राख्न सफल भयो । १ सय १६ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको मलेसिया ३० दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमा समेटियो । मलेसियाको एकपछि अर्को विकेट ध्वस्त पार्ने क्रममा नेपालका अर्जुन चापागाइले ३, सुशील कँडेल र सौरभ खनालले समान २–२ विकेट लिए भने सुनिल धमला, दीपेन्द्रसिंह ऐरी, प्रेम तामाङले समान १–१ विकेट लिए ।kubwtmaमलेसियाका अनुवार रहमानले सर्वाधिक ३३ रन जोड्नु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक छुन सकेनन् । कुवेत सिटीको ट्याकटेक खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालमाथि मलेसियाका बलरहरुले शुरु देखि नै दबाबमा राखेका थिए । उनीहरुले नेपाली ब्याटस्म्यानलाई खेल अवधिभर खुलेर खेल्ने मौका नै दिएनन् । नेपालले २५ ओभरमा ६८ रन बनाउँदै ५ विकेट गुमाइसकेको थियो । कप्तान राजु रिजालले मात्र मलेसियाका बलर सामु केही टिकेर खेलेका थिए । उनले सर्वाधिक ३९ रन बनाए । अन्ततः ४० ओभरमा अलआउट हुँदै नेपाल १ सय १५ रनमा सिमित बनेको हो । नेपालका लागि सुनिल धमला र प्रेम तामाङले क्रमशः १९ र १६ रन बनाएका थिए । नेपालका ६ जना ब्याटस्म्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । मलेसियाका लागि विरान्दीप सिंहले ३ तथा अनवर रेहमान, पवन दीप सिंह र मोहमद हफिजले २–२ विकेट लिए ।
प्रतिस्प्रर्धा उस्तै छ, जस्तो केही गौरवशाली क्षण । तर, अब मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा सम्भवत केहि समयमै अन्त्य हुनेछ ।
विश्वका दुई उत्कृष्ट फुटबलले च्याम्पियन्स लिगमा रियल मडि्रडका लेजेन्ड राउलको ७१ गोलको रेकर्ड तोड्दैछन् ।
अहिलेसम्म मेस्सीले ७१ गोल गरेर राउलको कीर्तिमानसँग बराबरी गरेका छन् भने रोनाल्डो एक गोलले पछि छन् । यस्तोमा दुबै फुटबलरहरु नयाँ रेकर्ड बनाउनबाट मात्र १ र २ गोलले पछि छन् ।
तर, रोनाल्डोभन्दा पहिले मैस्सीले राउलको रेकर्ड तोड्ने सम्भाबना बलियो छ किनभने रियलले भन्दा एक दिन पहिले मेस्सीको बार्सिलोनाले च्याम्पियन्स लिगमा अपोइल निकोसियासँग खेल्ने छ ।
त्यसको ठिक एक दिन पछि रोनाल्डोको रियल मड्रिडले एफसी बाजलसँग खेल्नेछ ।
बुधबार एयाक्सबिरुद्ध बार्सिलोनाले २-० को जित निकाल्दा दुबै गोल गर्दै मेस्सीले राउलको रेकर्ड बराबरी गरेका थिए । राउलको रेकर्ड बराबरी गर्दा मेस्सीले उनीभन्दा ५२ खेल कम खेलका छन् ।
मेस्सीले रेकर्ड बराबरी गर्नुभन्दा पहिले मौका रोनाल्डोसँग थियो । बार्सिलोनाको खेलको अघिल्लो दिन रियल मडि्रडले लिभरपुलसँग खेलेको थियो । तर, रोनाल्डोले गोल गर्न सकेनन् ।
बार्सिलोना र रियल दुवैले च्याम्पियन्स लिगको अन्तिम १६ स्थान बनाइसकेका छन् । त्यसैले अब सबैको ध्यान मेस्सी र रोनाल्डोतिर तानिएको छ ।
भर्खरै गोल्डेन बुट जितेका रोनाल्डोले करिअरको ४०० गोल गर्न मेस्सीले भन्दा १४७ खेल बढी खेल्नुपरेको छ । तर, ला लिगाका मात्र १४० खेलमै रोनाल्डोले आफनो गोल संख्या १५० पुर्याए, जहाँ मेस्सीलाई २५० गोल गर्न २०३ खेल खेल्नु पर्यो ।
अहिलेसम्म मेस्सीले रोनाल्डोभन्दा अगाडि धेरै कीर्तिमान बनाएका छन् ।
मेस्सीले रोनाल्डोभन्दा पहिले च्याम्पियन्स लिगको अल टाइम टप स्कोरिङ रेकर्ड बनाए भने रोनाल्डो र मेस्सीबिच नम्बर वानको लडाइ भने चलिरहनेछ ।
source:onlinekhabar

लन्डन : बार्सिलोनाका लियोनल मेसीलाई पन्छाउँदै रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले स्पेनिस ला लिगाको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। सर्वोत्कृष्ट खेलाडीसँगै उनले अन्य थप दुई विधामा पनि आफूलाई अब्बल सावित गरे। रोनाल्डोले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट गोलकर्ताको पुरस्कार पनि हात पारे।
अघिल्लो वर्ष मेसीलाई नै पछाडि पारेर फिफा वर्ष खेलाडी बनेका रोनाल्डोले ला लिगाको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा गौरवान्वित महसुस गरेको बताए। ला लिगाको सन् २०१३/१४ सिजनमा ३१ गोल गरेका रोनाल्डोले क्लबलाई उपाधि भने दिलाउन सकेका थिएनन्।
रियलकै सर्जियो रोमास उत्कृष्ट डिफेन्डर र लुका मोड्रिच उत्कृष्ट डिफेन्सिभ मिडफि ल्डर घोषित भए। यसैगरी उत्कृष्ट प्रशिक्षकको पुरस्कार ला लिगाको उपाधि विजेता एट्लेटिको म्याड्रिडका डिएगो सिमोनीले जिते। अघिल्लो वर्ष लेभान्तेबाट खेलेका केलोर नाभास उत्कृष्ट गोलरक्षक बने। उनी चालू सिजनमा भने रियलबाट खेलिरहेका छन्।
तीनवटा विधामा विजेता बनेका रोनाल्डो सन् २०१४ को फिफा वर्ष खेलाडी अवार्डका लागि सार्वजनिक गरिएको सम्भावित २३ जना खेलाडीको सूचीमा पनि परेका छन्। मनोनयनमा परेका २३ खेलाडीमध्येबाट आगामी डिसेम्बरमा अन्तिम तीन खेलाडीको नाम छनोट गरिनेछ।
त्यसपछि सन् २०१५ को जनवरी १२ तारिखमा स्विट्जरल्यान्डको जुरिचमा फिफा वर्ष खेलाडी अवार्ड विजेताको घोषणा गरिनेछ।
source:tajasamachar
![]() |
| Add caption |

मस्को, कार्तिक १२ – फिफाका अध्यक्ष सेप ब्लाटरले अन्तरिक्ष यात्रीको मद्दतले रसियामा हुन गइरहेको सन् २०१८ को विश्वकपको लोगोको अनावरण गरेका छन् ।
अन्तराष्ट्रिय स्पेस स्टेसनबाट तीन जना अन्तरिक्ष यात्रुहरुले विश्वको लोगो अनावरण गरेका हुन् । रसियाको राष्ट्रिय टेलिभजनमा एक कार्यक्रमबीच ब्लाटरले नयाँ लोगो प्रस्तुत गरेका थिए । कार्यक्रमबाट भिडियोलाई स्पेस स्टेसनमा जोडिएको थियो जहाँबाट अन्तरिक्ष यात्रुहरुले नयाँ लोगोको अनावरण गरेका थिए ।source;Ratopati

क्वाललम्पुर, कार्तिक १० – मलेसियाको क्वाललम्पुरमा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री अन्तरगतको खेलमा अमेरिकाले नेपाल सामु २ सय ५ रन को लक्ष्य प्रस्तुत गरेको छ ।
किनरारा एकाडेमी ओभल मैदानमा टस जित्दै ब्याटिङ रोजेको अमेरिकाले राम्रो शुरुवात गरको थियो । २७ औं ओभरसम्म एक विकेटको क्षतिमा १३६ रनको स्थितिमा रहेको अमेरिकाका मध्यक्रमका ब्याटस्मान टिक्न नसकेपछि ४७.३ ओभरमा २ सय ४ रनमा अलआउट भयो । निकै खतरनाक देखिएका स्टिभ मसिहा आउट भएपछि अमेरिकाको पतन शुरु भएको थियो । शक्ति गौचनको बलमा बसन्त रेग्मीद्वारा क्याच आउट हुन अघि उनले १२३.३३ को स्ट्राइरेट सहित ६० बलमा ७४ रन बनाए । उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए । उनलाई फहाद बब्बरले ४७ रन बनाउँदै राम्रो साथ दिएका थिए । नेपालका लागि सोम्पाल कामीले तीन विकेट, त्यस्तै बसन्त रेग्मी, शक्ति गौचन र सागर पुनले दुई–दुई विकेट लिए ।

लन्डन— फुटबल खेलिरहेकी एक १५ वर्षे युवतीको मैदानमै मृत्यु भएको छ। वेलायतकी उत्तरपूर्वी लेनक्यासाइरमा अन्डर–१६ गर्ल्स फुटबल म्याच खेल्ने क्रममा मेलिसा स्मिथले ज्यान गुमाएकी हुन्।
हाफ टाइमको ब्रेक हुनु अघि उनको मृत्यु भएको थियो। उनको मृत्युको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ।
उनलाई बचाउन चिकित्सकले निकै प्रयास गरे तापनि रोयल प्रिस्टन अस्पतालका चिकित्सकले मृत घोषणा गरेको उनका सहकर्मीले बताए। मेलिसा क्याड्ले फुटबल क्लबकाट खेलिरहेकी थिइन्।
उनको निधनमा फुटबल क्लबले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ। 'मेलिसाको निधनको खबर सुनेर हामी सबै छाँगाबाट खसे जस्ता भएका छौं। यो दुःखद घडिमा हामी उनको परिवार, साथी र टोली सदस्यहरुसँगै रहेको बताउन चाहन्छौं।'

काठमाडौं ३१, असोज । सरकारले १८ औं एसियाली खेलमा कांस्य पदक जितेर नेपालको इज्जत राखेका कराँते खेलाडी बिमला तामाङलाई पुरस्कार स्वरुप १० लाख रुपैयाँ दिएको छ ।
यूवा तथा खेलकुद् मन्त्रालयले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम गरेर बिमलालाई पुरस्कारस्वरुप १० लाख रुपैयाँ प्रदान गरेको हो । प्रधानमन्त्री सुशील कोइरालाले बिमलालाई पुरस्कार रकम र सम्मानपत्र प्रदान गर्नुभयो ।
डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले तीन वर्ष पहिले एसियाली खेलकुदमा स्वर्ण जित्नेलाई ५० लाख रुपैयाँ, रजत जित्नेलाई २५ लाख रुपैयाँ र कास्य पदक जित्नेलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार सरकारले बिमलालाई पुरस्कृत गरेको हो ।
दक्षिण कोरियाको इन्चोनमा भएको १८ औं एसियाली खेलकुदमा नेपालको तर्फबाट २ सय भन्दा बढी खेलाडीले २५ खेलमा भाग लिएकामा बिमलाले एकल काँतातर्फ कास्य पदक जितेकी थिइन् । बिमलाले सरकारी सम्मानले हाफूलाई थप हौसला मिलेको भन्दै अर्को एसियाली खेलकुद्मा स्वर्ण जितेर देखाउने बताइन् ।
कार्यक्रममा प्रधानमन्त्री सुशिल कोइरालाले खेलाडीहरुले राष्ट्रको गौरव बढाउन उल्लेखनीय योगदान गरेपनि स्रोतको अभावमा सरकारले खेलाडीहरुलाई पर्याप्त सुविधा दिन नसकेको बताउनुभयो ।
कार्यक्रममा कराँते महासंघका अध्यक्ष पुरेन्द्र लाखे र कराँतेका प्रशिक्षक धु्रुवविक्रम मल्ललाई पनि सम्मानित गरिएको थियो । बिमलालाई कास्य जिताउन प्रशिक्षक मल्लले उल्लेखनीय योगदान गरेपनि सरकारले मल्ललाई नगद पुरस्कार भने दिएन ।

स्वाभिमानी शिर कहाँ झुक्छ र संकटमा ! नेपाली खेलकुदका त्यस्तै एक स्वाभिमानी प्रशिक्षक हुन् ध्रुव विक्रम मल्ल । मल्लको जिन्दगीमा संकट त धेरै आए होलान् तर भर्खरै इन्चोनमा सम्पन्न १७ औं एशियाली खेलकुदको मुखैमा आएको महासंकटले भने उनलाई बेस्सरी पोल्यो । मानौं झेल्नै सकिन्न ! हैन झेल्नुपर्छ, अर्को मनले आदेश दियो । त्यहि मनको एक कुनाबाट प्रस्फुठित आवाजको आदेश मान्दै उनी पुगे सामाखुसीको एक मोटरसाईकल वर्कशपमा । ‘मुखिया वर्कशप’ जो थियो । उनको कालो रंगको ‘सिवीजेड’ त्यहि मुखियाको आँगनमा अडियो । त्यहि बाईकको डिगसँगै नेपाली खेलकुदको श्यामश्वेत अनुहार पनि अडिएको थियो एक महत्वपूर्ण फैसलाको आसमा । उनले सोधे–‘साहुजी हुनुहुन्छ ?’ भन्नुस न ? मेरो बाईक किन्ने हो ? यस्तैयस्तै प्रश्नोत्तर भए, हाजीरी जवाफ जस्तो । मोटरसाईकल थन्क्याई दिए, एक लाख लिए । बास ! समस्या सल्टियो । नपुग त्यहि एक लाख थपेर उनले आफ्ना खेलाडीहरु बिमला तामाङ र अनुपमा मगरलाई कोरियाको टिकट काटिदिए,जो सत्रौं एसियाडमा भिड्दै थिए ।
धादिङे प्रशिक्षक मल्ल विद्यार्थी जिवनकालदेखि नै उम्दा खेलाडी थिए । सल्यानटारको अचने माविमा शुकबहादुर गुरुङ भन्ने शिक्षकबाट खहरेको बगरमा किक र पञ्च हान्ने तालिम पाएका मल्लले २०४२ मा काठमाडौं छिरेपछि खेलकुदलाई छाड्दै छाडेनन् । मल्लले १९९१ को इन्भाईटेशन साउथ एसियन गेममा रजत, सातौं अधिराज्यव्यापी किक बक्सिङ प्रतियोगीतामा गोल्ड र २००२ को ट्रान्सप्लान्ट साउथ एसियन गेममा ४ वटा गोल्ड मेडल जितेका थिए । त्यस्तै विरेन्द्र शिल्डमा पनि दुई स्वर्ण जितेको इतिहास मल्लकै नाममा दर्ज भएको छ ।
Dhurba Bikram Malla 3यी प्रतिभावान खेलाडी ‘ब्ल्याकबेल्ट डिप्लोमा’ गर्दै कराँते प्रशिक्षकका रुपमा उदाए नेपाली खेलकुदमा । यो २०४८ तिरको कुरा हो । २०५२ मा राष्ट्रिय खेलकुद परिषद्को स्थायी प्रशिक्षक बनेका मल्लले २०६२/२०६३ को आन्दोलन पछि भने एकाएक राजिनामा दिए, कारण ‘स्वाभिमान’ ! यी स्वाभिमानी प्रशिक्षक लुक्न र झुक्न कहिल्यै जानेनन् । एकताका नेपाली खेलकुदमा ‘गणतान्त्रिक खेलकुद महासंघ’ को चर्चाले सगरमाथा छोएको थियो । कारण उनै मल्ल थिए, महासंघको संस्थापक अध्यक्षको मर्यादामा । त्यतिबेला गणतान्त्रिक खेलकुद महासंको गतिविधिले राष्ट्रिय खेलकुद परिषद् छायाँमा परेको थियो ।
सरकारी जागीर किन छाड्नुभो ? पंक्तिकारको पाँचौ प्रश्न टेबुलमा खस्न नपाउँदै भने–‘अरुलाई जागिर दिने हैसियत बनेजस्तो लाग्यो ।’ मस्त हाँसे.., बिना संकोच निस्फिक्री । अहिले उनी बालाजु करा“ते डो एकेडेमीको प्रशिक्षक र अध्यक्ष हुन् जहाँ इन्चोन एसियाडमा कास्य जित्ने बिमला तामाङले विगत १० वर्षदेखि कराँते सिकिरहेकी छिन् उनै स्वाभिमानी गुरु ध्रुव विक्रम मल्लका समिपमा । लामो समय नेपाली खेलकुदको मैदानमा प्रशिक्षकको भुमिका निर्वाह गरिसकेका मल्लले राज्यको निरीहतामा जेहेन्दार प्रतिभा गरिबी र अभावले छट्पटाएको देखे । लगानी गर्न सक्नेहरुले मात्र राम्रो ट्रेनिङ गर्न पाउ“ने र राम्रा प्रतिभाहरु पलायन हुने तितो यथार्थ उनको आँखाबाट छिप्दै छिपेन ।
बिमला तामाङका बुवा विष्णुबहादुर ध्रुवविक्रमका साथी हुन् । विष्णुबहादुरले आफ्नी छोरी लाई मल्लको एकेडेमीमा भर्ना गर्न ल्याउँदा उनी कक्षा तीनमा पढ्दै थिईन् अहिले उनको पढाई १२ कक्षासम्म पुगिसकेको छ । मल्लले उनमा निहित प्रतिभा देखेर आफ्नो एकेडेमीमा स्कलरसिप दिएर सिकाए । विदेशमा खेल्ने अवसर जुराईदिए, ती जेहेन्दार बालिकाको आत्मबल बढाईदिए, त्यसैले त अहिले बिमलाले पदक जित्दा सबैभन्दा धेरै खुसी उनै मल्लमा छायो ।
विष्णुबहादुरले आफ्नी छोरीले जितेको त्यो पदक स्पर्श गर्न पाएका छैनन् । उनी मलेशियामा पसिनासँग जिन्दगी साटिरहेछन् तिनै छोराछोरीको खुसीको लागी । पदकको माला लाएकी छोरीको मुस्कानलाई नेपाली एयरपोर्टमा साट्न पाएको भए विष्णुबहादुर अझ कति खुसी हुन्थे होलान् ।
Dhurba Bikram Malla 2नेपाली कराँतेको विवादको किस्सा पुरानो भैसकेको छ । यो विवादकोे घेरामा मल्ल पनि तानिएका थिए प्रारम्भिक चरणमा । तर पछि उनले कराँतेको अन्तर्राष्ट्रिय नियमलाई मिच्न चाहेनन् । किनकी उनी कराँतेको अन्तर्राष्ट्रिय लाईसेन्सवाला रेफ्रि समेत हुन् । दावा गुरुङ अध्यक्ष रहेको कराँते महासंघमा छोटो समय महासचिव बनेका मल्लले पछि राजिनामा दिए । ‘खेलकुदमा न जात न धर्म त्यसैले नियममा छिर्नुको विकल्प छैन ।’ उनले भने ।
कराँते विवादका कारण खेलकुद परिषद्ले पठाएका दुईजना खेलाडीले खेल्न पाएनन् । ‘एक्रिगेशन कार्डका आधारमा खेल्न नपाउने पहिल्यै क्लियर भएपनि परिषद्ले यहि विवाद निकाल्नका लागी पठाएको हो ।’ मल्लले ठोकुवा गरे । एसियाड ओलम्पिक गेम भएकाले हरेक देशको ओलम्पिक कमिटी र सम्बन्धित संघको अध्यक्षको सिफारीको आधारमा आयोजकले कार्ड उपलब्ध गराउँछन् । यो कुरा खेलकुदका सबैले बुझेका थिए । तर बुझ पचाएपछि के लाग्छ ? मल्ल भन्छन्–‘ त्यतिबेला युवराज लामा हाम्रो र बिमलाको नामै लिँदैनथे, खेलेमा कानुनी प्रक्रियामा जान्छु भन्थे ।’
बिमला मात्र हैन बालाजु कराँते एकेडेमीकी अनुपमा मगर पनि अहिले ६८ केजी तौल समुहमा एसियाकै पा“चौ नम्बरकी खेलाडी हुन् । उनले केही समय अगाडी भएको साउथ एसियन गेममा स्वर्ण जितेकी थिईन् ।
आर्थिक रुपमा कमजोर बिमलाको परिवार पनि खर्च गर्न सक्ने अवस्थामा थिएन । त्यसैले मल्लले उनलाई टिकट काट्नु अघि छलफलको जरुरी पनि ठानेनन् । ‘छोरी खेल्न जादैँछ भनेर जानकारी गराईयो, राम्रो भयो बधाई छ भन्ने कुरा भयो ।’ उनले थपे ।
सबैको असहयोग
एसियाडमा नेपालबाट २५ खेलमा २०४ जना खेलाडीले सहभागीता जनाए । अफिसियलसहित झण्डै ३६० जनाको सहभागीताको लागी राज्यले कुल ८ करोड खर्च गर्यो तर त्यसमा पदक जित्नेले एक रुपैयाँ पाईनन् । यता अन्तर्राष्ट्रिय मान्यता पाएका कराँते महासंघ र ओलम्पिक कमिटीले बिमलाको नाम सिफारिस गर्नका लागी कुनै हिचकिचाहट त गरेनन् तर आर्थिक रुपमा भने कुनै सहयोग नगरेपछि मल्लले दशैंको मुखमा बाध्य भएर मोटरसाईकल धरौटी राख्नुपर्यो । ध्रुव विक्रमलाई किड्नीको समस्या छ । औषधीको चक्किलाई बोईल वाटरका साथमा निल्दै भने –‘कसैले एक रुपैयाँ सहयोग गरेको छैन, तर अब भने टिकट खर्च ओलम्पिक कमिटीले दिउँला भनेको छ ।’
खेलाडीको प्रतिभा जाँच्न सक्ने मल्ल बिमला र अनुपमा दुबैले मेडल जित्नेमा विश्वस्त थिए त्यसैले त उनी मरिमेटेर लागे खेलाडी पठाउन । ‘चाईनाको वल्ड च्याम्पियन खेलाडीसँग सुरुमै भिड्न नपरेको भए अनुपमाले पनि मेडल जित्ने सम्भावना थियो’ –उनले भने । खेलाडी पठाएपछि सदस्य–सचिवले कानुनी प्रक्रिमा जाने उद्घोष गरे तर मल्ल डगमगाएनन् ।
पिएलए क्लबका जन्मदाता
तत्कालिन माओवादी सेनाको पिएलए स्पोर्टस क्लबका जन्मदाता हुन धु्रवविक्रम मल्ल । संस्था दर्ता, नविकरण पनि उनले नै गरे । छैटौं राष्ट्रिय खेलकुदमा सो क्लवलाई १८ वटा गोल्ड मेडल जिताउन उनले निकै ठूलो मेहनत गरे । ‘शक्तिखोरमा सेना दिवस मनाउनु भन्दा करिब दुई महिना अघि मलाई तत्कालीन सैन्य कमाण्डर ‘प्रतिक्षा’ ले बोलाएर सहयोग गर्नुपर्यो भनेपछि मैले सबै तयारी गरें’ उनले भने ।
म गाको भए कसरी आउथ्यो मेडल ?
केहि दिन यता निकै व्यस्त छन् ध्रुव विक्रम मल्ल । एसियाडको नतिजापछि बिमला र मल्ललाई सम्मान र अन्तर्वार्ताको चापले थिचेको छ । बुधबार पंक्तिकारले भेट्दा उनीसँगै थिईन ती किर्तीमानी बिमला पनि । नेपाली खेलकुदका त्यतिधेरै मान्छे ओईरिएको कुम्भमेलामा तपाईंलाई जान इच्छा भएन भन्ने प्रश्नसँगै मल्लका आँखा बिमलातिर घुमे । अनि अलि भावुक शैलीमा भने ‘मैले सोचेँ मेरो इच्छा मरोस् तर प्रतिभा मर्न दिन्न’ उनीसँगै बिमला पनि मुस्कुराईन । उनले थपे ‘म पनि जान पाएको भएको कास्य मात्रै होईन रजत आउन सक्थ्यो ।’ रिङमा उत्रनु भन्दा अगाडी खेलाडीको मनोवल बलियो बनाउनुपर्ने तर्क गरे उनले ।
जितेपछि …
बिमला ईन्चोनमा खेल्दै थिईन् । यता गुरु धु्रवविक्रम मल्ल भने एकेडेमीस्थित कार्यकक्षमा अनलाईन सम्पर्कमा थिए । ठिक त्यहिबेला उनको कम्युटरमा म्यासेज खस्यो ‘गुरु कास्य जितियो’ उनको खुसीले सगरमाथा छोयो । उनले भने ‘एक रुपैयाँ नलिईकन राज्यलाई शुन्य हुनबाट जोगाउँदा एउटा प्रशिक्षक त्यतिबेलाभन्दा खुसी कहिले हुन सक्छ ?’
उनको ह्वाईटकलर स्मार्टफोन बजिरहन्थ्यो । बेलाबेला छेउमै रहेकी बिमला बोल्थिन्,अनि गुरु भने त्यहि मौकामा ईन्कमीङ कल स्लाईड गर्न भ्याईहाल्थे । त्यतिबेला बिमलाले भन्न भ्याईन् ‘ बुवा मलेशियामा गएको भदौमा बल्ल १ वर्ष हुन्छ, तीन वर्ष नभै त आउनै मिल्दैन होला ।’ सायद उनी आफ्ना पितासँग यो खुसी साट्न आतुर छिन् ।
खेलाडीहरु फर्कने बेलामा अन्तर्राष्ट्रिय विमानस्थलमा राज्य पक्षले न्यानो स्वागत गर्ला भन्ने सोचेका थिए मल्लले तर त्यस्तो हुन् सकेन । बिमलालाई स्वागत गर्नेमा उनकै परिवार र आफन्त, बालाजु कराँतेका एकेडेमीका परिवारसहित करिब ५० जना जति भएका थिए । ‘यत्रो प्रतियोगीतामा पदक जित्दा ठूला–ठूला पोष्टर ब्यानरसहित विशाल र्यालीले शहर परिक्रमा गराउनु पर्ने हो तर कोहि गएनन्’–मल्लको मलिन अनुहारमा विस्मातको भाव पढ्न सकिन्थ्यो । बिमलाले जितेको पदक नेपालको मात्र नभएर कराँतेमा साउथ एसियाकै एउटा पदक हो । वंगलादेश, भारत र श्रिलंकाका प्रशिक्षकहरुले मल्ललाई फोन गरेर बधाई दिँदा सरकारका प्रतिनिधीले धन्यवाद भन्ने कष्ट पनि गरेनन् ।
जसले विवाह गर्न भ्याएनन्
सुर्योदयसँगै नअस्ताएसम्म खेलकुदका मैदानमा दौडिरहने मल्लले आजसम्म विवाहको बारे सोच्नै पाएनन् । खेलकुदबाट बचेको समय सामाजिक काम र साथीभाइलाई दिँदादिँदै मल्लले ४४ वसन्त पार गरिसके । भाइबहिनीसँग बालाजुमा बस्दै आएका मल्लले भने ‘बिहे सोच्नै पाईनँ ।’
खेलकुद बाहिर मल्लको परिचय समाजसेवीको रुपमा रहेको छ । कतै अनाथ बच्चाको पालन–पोषण त कतै विपन्नहरुको पक्षमा काम गर्दै आएका मल्लकै पहलमा धादिङको सल्यानकोटमा शिवालय प्रावि भन्ने स्कुल खुल्यो । ‘त्यो स्कुलका विपन्न बच्चाको लागी वार्षीक १०० जोर सर्ट पाईन्ट मैले दिने गरेको छु । त्यस्तै १ जना टिचरलाई पनि मैले नै तलव सुविधाको सहयोग गर्ने गरेको छु ।’ मल्लले भने ।
लामो समयदेखि एमाओवादी धादिङ जिल्ला पार्टिको सदस्य रहेर भुमिका निर्वाह गरेका मल्ल आजभोली भने सल्लाहकारमा खुम्चिएका छन् । ‘पार्टिको साधारण सदस्य हुँ’ उनले भने ।
आगामी योजना
२०४८ सालदेखि खुलेको उनको बालाजु डोजो २०६३ मा एकेडेमी बन्यो । यो नेपालको एकमात्र कराँतेको एकेडेमी हो । अब यहि एकेडेमीलाई विस्तार गर्ने योजना बनाएका छन् मल्लले । ‘२ करोड ३१ लाखको एकेडेमी भवन बनाउने योजना छ’ मल्लले भने । एकेडेमी भवन बनेपछि प्रतिभावान खेलाडीहरुलाई त्यहि खाने, बस्ने र तालिम सुविधा दिएर अरु धेरै बिमलाहरु जन्माउने उनको योजना छ ।
तर एकेडेमी भवन बनाउने उनको योजना विभिन्न कारणले गर्दा रोकिइरहेको छ । बालाजु औद्योगीक क्षेत्रमा पर्ने उनको एकेडेमी भवन बनाउने सपनालाई सरकारी अड्चनले झेल गरिरहेको छ । कर्ण थापा उद्योगमन्त्री बनेपछि उनले ती अड्चन फुकाउने प्रयत्न गरे तर सफल भएनन् । ‘मलाई थापाले मन्त्रालयमा बोलाएर गोप्य कोठामा लगे, त्यहाँ बार्गेनिङ भयो ।’ उनले भने । ‘त“ जस्तो जेहेन्दार मान्छेलाई म का“धमा बोक्छु तर हाम्रो पार्टीमा आउनुपर्छ’ कर्णको भनाई सम्झिए उनले । तर स्वाभिमानी शिर फेरी पनि झुकेन, उनले आस्था पोलेर खान चाहेनन् । शायद उनी अब फेरी एकपटक राज्यलाई यस्तै अर्को चुनौती दिँदैछन । मल्ल एक तेजिलो मैनवत्ती हुन जो अर्काको उज्यालोको लागी जलिरहन्छ, निस्वार्थ !

१३ असोज, काठमाडौं । बार्सिलोना फवार्ड लिओनल मेस्सीले ४०० गोल आफूले कहिल्यै नसोचेको बताएका छन् ।
ला लिगामा बार्सिलोनालाई गर्नाडाविरुद्ध ६-० को जित दिलाउने क्रममा मेस्सीले ४०० र ४०१ औं गोल गरेका थिए । मेस्सीले बार्सिलोनाका लागि ३५९ र अर्जेन्टिनाका लागि ४२ गोल गरेका छन् ।
‘मैले यस्तो सफलता पाउने कल्पना समेत गरेको थिइँन’ मेस्सीले फेसबुक पेजमा भनेका छन्-‘थप लक्ष्य प्राप्प्तीका लागि अझ मेहनत गर्नेछु ।’
बार्सिलोनाका प्रशिक्षक लुइस इनरिक भन्छन्-‘मेस्सी एक जादूको छडी जस्तै छन् ।’
चार पटकको फिफा बालोन डि’ओर विजेता मेस्सी बार्सिलोनाका सर्वाधिक गोलकर्ता समेत हुन् । बार्सिलोनालाई तीन च्याम्पियन्स लिग र ६ ला लिगासहित २१ उपाधि दिलाउन महत्वपूर्ण भूसिमका खेलेका मेस्सीले आफूलाई महान फुटबलर मध्ये एकका रुपमा स्थापित गरिसकेका छन् । #स्रोत : अनलाईन खबर

१२ असोज, काठमाडौं । म्याचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा दोस्रो जित हात पारेको छ । तर, तर, वाइन रुनीले रातो कार्ड पाएका छन् ।
शनिबार राति भएको खेलमा युनाइटेडले वेष्टह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान वल्र्ड ट्राफडमा भएको युनाइटेडले पाँचौं मिनेटमा रुनीको गोलबाट अग्रता लिएको थियो । रुनीले फल्काओको पासमा गोल गरे ।
खेलको २२ औं मिनेटमा रोविन भानपर्सीले घरेलु टोलीको अग्रता दोब्बर पारे । युनाइटेडका लागि भानर्सीको यो ५० औं गोल हो ।
तर, खेलको ३७ औं मिनेटमा वेष्टह्यामका सखोले गोल गरे ।
खेलको ५९ औं मिनेटमा युनाइटेडका स्ट्राइकर रुनीले रातो कार्ड पाए । वेष्टह्यामका डाइनिङलाई फल गरेकोमा उनले रातो कार्ड पाएका हुन् । रुनीले करियरमा छैटौं पटक रातो कार्ड पाएका हुन् ।
खेलमा थप गोल हुन सकेन । युनाइटेडले २–१ को जित हात पारेको छ ।
खेलपछि युनाइटेडका प्रशिक्षक लुइस भानहालले रुनीलाई रातो कार्ड दिने रेफ्रीको निर्णय सही भएको बताएका छन् ।
रुनीले अब तीन खेल गुमाउनेछन्, जसमा एक चेल्सीविरुद्धको खेल समेत पर्छ । स्रोत : अनलाईन खबर