.नेपालबाटै लिन सकिन्छ अमेरिकी ग्रिनकार्ड



२०७२ वैशाख ११ गते
अमेरिकामा नेपालीहरु धेरै छन् । अमेरिका जान चाहने धेरै हुन्छन् । त्यसैले त हामी सबैले अमरिका सबैको ड्रिमल्याण्ड हो भन्छौँ । तर, धेरैलाई थाहा नभएको विषय हुनसक्छ– नेपालबाट पनि अमेरिकाको ग्रिनकार्ड लिन सकिन्छ । त्यो भनेको इबी– १ प्रोसेस हो । अर्थात एक्स्ट्राअर्डिनरी । आफूलाई एक्स्ट्राअर्डिनरी प्रमाणित गरेर पनि नेपालबाटै अमेरिकाको ग्रिनकार्ड आवेदन गर्न सकिन्छ । जुन पछिल्ला दिनमा निकै बढेको छ ।
के हो इवी–वान अर्थात एक्स्ट्राअर्डिनरी ?

खासमा इवी–वान रोजगारीमा आधारित भिसा हो । यसलाई उच्चतम श्रेणीको भिसाको रुपमा लिइन्छ । इवी–वानमा सबैले आवेदन गर्न सक्दैनन् । अमेरिकाको कानुनले तोकेको पाँच श्रेणी मध्ये कुनै एउटामा तपाईँले सबैभन्दा माथि आफ्नो नाम राख्नु भएको छ भने मात्र ग्रिनकार्ड पाउन सक्नुहुन्छ । नेपालमै बसेर पनि धेरैले ग्रिनकार्ड पाउन सफल हुनु भएको छ ।


इवी–वानका पाँचवटा क्षेत्र छन् । त्यो भनेको आर्ट, एथलेटिक्स, शिक्षा, विज्ञान र पत्रकारिता हो । यी क्षेत्रमा आफ्नो नाम माथिल्लो श्रेणीमा राख्न सफल हुनुहुन्छ वा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा तपाईँले उल्लेखनिय योगदान पु¥याउनु भएको छ भने पक्कै पनि तपाईँले ग्रिन कार्ड पाउनुहुन्छ ।
आर्ट अन्तरगत कलाकार, संगीतकार, गायक, गायिका, नायक, नायिका लगायत पर्दछन् । आर्टबाट तपाईँले ग्रिनकार्ड आवेदन गर्न खोज्नुभएको छ भने यस क्षेत्रमा म सुप्रसिद्ध छु भन्ने कागजातले प्रमाणित गर्न सक्नुपर्दछ । इवी–वानको जुनसुकै क्याटगोरीमा पनि असाधारण प्रतिभाको खोजी हुन्छ ।
यसका प्रक्रिया
ग्रीनकार्ड हात पार्नका लागि निश्चित मापदण्ड भने पूरा गर्नुपर्दछ । विशेषगरी १० वटा मापदण्डहरु तय गरिएको छ, जसमा तीनवटा मात्रै मापदण्ड पूरा गर्न तपाईंले ग्रिनकार्ड पाउनुहुन्छ ।
एउटा मापदण्ड भनेको तपाईंले आफ्नो क्षेत्रमा पाएको राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार हो । अन्तरराष्ट्रिय स्तरबाट प्रदान गरिने चर्चित पुरस्कार भए, एउटै मात्र पनि ग्रिनकार्डका लागि पर्याप्त हुन्छ । सानोतिनो पुरस्कारले भने ‘रिक्वारमेन्ट मिट’ गर्दैन ।
अर्को मापदण्ड भनेको सदस्यता हो । नेपालमा रहेको तर राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा ख्याति कमाएको संस्थाको सदस्यताले पनि अर्थ राख्छ । त्यसमा लिइने साधारण र आजीवन सदस्यको भने कुनै अर्थ हुँदैन । तपाईँ राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्व भएबापत सम्मान स्वरुप पाएको सदस्यता भनेर प्रमाणित भए मात्र ग्रिनकार्डको भागिदार हुनुहुन्छ । त्यसलाई संस्थाको विनियमले पनि प्रमाणित गर्नुपर्दछ ।
अर्को प्रावधान भनेको तपाईँको कामबारे अरु कसैले लेखेको हुनु पर्दछ । तर त्यो लेख नेपालका प्रमुख पत्रपत्रिकामा छापिएको हुनुपर्दछ । जुन काजगातका आधारमा पनि प्रमाणित हुन जरुरी हुन्छ ।
चौथो भनेको तपाईँ आफ्नो क्षेत्र सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिस्पर्धामा निर्णायक भएको हुनुपर्दछ । सामान्य खालको कार्यक्रमले भने त्यति अर्थ राख्दैन ।
आफ्नो बारेमा मात्र नभएर आफ्नो क्षेत्रसम्बन्धी अनुसन्धान गरी लेख्नुभएको छ र त्यो नेपालको ठूला मिडियामा प्रकाशित भएका छन् भने त्यो पनि अर्को ‘रिक्वायरमेन्ट’मा पर्दछ ।
तपाईँले कुनै संस्थालाई निकै अगाडि बढाउनुभयो, संस्थाबाट पनि तपाईँको ख्याति चुलियो, जसले गर्दा तपाईँको क्षेत्रमा ठूलै ‘रिभोलुसन’ भयो भने तपाईँको ग्रिनकार्ड पाउने अर्को आधार बन्छ ।
तपाईँले कुनै नयाँ टे««नको विकास गर्नुभयो र त्यसले ठूलो हलचल पैदा गरेको छ भने पनि ग्रिनकार्ड आवेदन गर्न सक्नुहुनेछ । मानौँ तपाईँले गायन क्षेत्रमा कुनै नयाँ कुरा विकास गर्नुभयो र तपाईँको नामले मात्र नभएर तपाईँ कामले पनि चिनिनुभएको छ भने ग्रिनकार्ड आवेदन सक्नुहुनेछ । तर, काजगातका आधारमा भने त्यस्ता कुरा प्रमाणित हुनु पर्दछ ।
तपाईंको कामको राष्ट्रि«य तथा अन्तरराष्ट्रियस्तरमा प्रदर्शनी गर्नु भएको छ भने पनि ग्रिनकार्ड लिनका लागि त्यसले मद्दत गर्दछ ।
तपाईँले काम गर्ने क्षेत्रमा तपाईँको तलब सबैको भन्दा बढी छ भने पनि आवेदन गर्ने अर्को आधार बन्न सक्छ । जसलाई उच्च तलब भनिन्छ । त्यो कुरा कर तिर्ने निकायहरुबाट भने प्रमाणित हुनुपर्दछ ।
यी १० वटा मध्ये कुनै तीन वटा आधार प्रमाणित गर्न सक्नुभयो भने तपाईँले ग्रिनकार्ड पाउन सक्नुहुन्छ । तर, जति धेरै ‘रिक्वायरमेन्ट मिट’ गर्यो त्यतिनै तपाईंको आवेदन बलियो बन्छ ।
कति लामो हुन्छ प्रक्रिया ?
हामीले नेपालमै पनि शाखा कार्यालय खोलेका छौँ । जहाँबाट तपाईंले हाम्रो कानुनी सहायता लिन सक्नुहुन्छ । तपाईँले पेस गरेको कागजात हामी अमेरिकाका सम्बन्धित निकायमा पेश गर्छौँ । उसले छिटो प्रक्रिया अपनाउँदा तीन हप्ता भित्र र लामो प्रक्रिया अपनाउँदा चार पाँच महिनामा तपाईंलाई ग्रिनकार्ड दिने वा नदिने भन्नेवारे जानकारी दिन्छ । यदि पाउनुभयो भने तपाईंले करिब ६ महिनाभित्र नेपालमै ग्रिनकार्डको भिसा आउँछ । अनि अमेरिका पुगेर ग्रिनकार्ड पाइन्छ ।
म पनि दश बर्ष अघि अध्ययनको सिलसिलामा अमेरिका गएको थिएँ । डोटीमा जन्मिएँ, काठमाडौँमा उच्च शिक्षा अध्ययन गरेँ । थप अध्ययनका लागि अमेरिका पुगेँ । विगत पाँच वर्षदेखि न्युयोर्कको क्षेत्री ल फर्ममा कार्यरत छु । त्यहाँ नेपाली मात्र नभएर विश्वभरिका आप्रवासीहरुको मुद्दा हामीले हेर्ने गर्छौँ ।
अहिले म केही दिनका लागि न्युयोर्कबाट काठमाडौँ आइपुगेको छु । यसै हप्ता फर्कने कार्यक्रम छ ।source:taja khabar




प्रतिक्रिया दिनुहोस्...