.महिलालाई कुटेर नदीमा फ्याक्नेलाई मृत्युदण्ड



ढाका: बङ्गलादेशमा तयारी पोसाक कारखानामा काम गर्ने एक महिला कामदारलाई यातना दिई नदीमा फ्याक्ने एक हत्यारालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २००८ मा १९ वर्षीया महिलाको हत्या गरेकोमा दोषी ठहर गर्दै न्यायाधीशले रासु खानलाई मृत्युदण्डको सजाय सुनाएका हुन् । खान एक्लैले अन्य दश महिलाको हत्या गरेको पनि स्वीकारेका छन् । उनी हत्या गरेका महिला तयारी पोसाक कारखानाका कामदार भएको स्वीकार गरेका थिए ।
खानमाथि यी सबै हत्याका विषयमा छुट्टाछुट्टै रूपमा सुनुवाइ भइरहेको छ । उनीविरुद्द उक्त निर्णय सुनाइँदा कुनै पीडाको भावना नदेखाएको बताइएको छ । बुधबार न्यायाधीशले खानलाई शृङ्खलाबद्ध हत्यारा तथा विकृत व्यक्तिको संज्ञा दिएका छन् ।
वकिल मोजिबुर रहमानले खानले सहिदालाई विवाह गर्ने बचन दिर्इ चन्दपुर गाउँमा लगेका थिए । उनले त्यहीँ परालको थुप्रोमा यौनसम्पर्क गरेपछि सहिदाको हातखुट्टा बाँधी नदीमा डुबाइदिएको स्वीकारेका छन् ।
सन् २००९ मा एक मस्जिदबाट लाउडस्पिकर चोरेको आरोपमा ५० वर्षीय खानलाई पक्राउ गरी प्रश्न गर्दा यी हत्याबारे प्रहरीले जानकारी प्राप्त गरेको थियो । सोधपुछका क्रममा खानले ती हत्यामा आफ‍्नो संलग्नता स्वीकारेका हुन् ।
रहमानले ती सबै मृत महिलाको शरीरमा टोकिएको घाउ भएको, उनीहरूको स्तन तथा योनीमा धारिलो बस्तुले काटेपछि प्रायलाई डुबाएर मारेको पाइएको छ ।
खानले गार्मेन्ट कारखानाका महिला कामदारमाथि आक्रमणको कारणबारे नबताएपनि आफूलार्इ घृणा गर्ने महिलालाई बदला लिन हत्या गरेको स्वीकारेको बताइएको छ ।
अर्का सरकारी वकिल साइदुल इस्लामका अनुसार हत्यारा खानले आफूले १०१ महिलाको हत्या गरी सुफी मस्जिदमा योगी भएर बस्न चाहेको अदालतमा बताए थिए ।taja khabar





प्रतिक्रिया दिनुहोस्...