.उपचारको साटो मृत्यु रोजेर मलेसियामै झुण्डिए एक नेपाली
Apr 24, 2015
११ बैशाख, मलेसिया ।
निको नहुने रोग लागेको भन्दै एक नेपाली युवाले मलेसियामा झुण्डिएर आत्महत्या गरेका छन् ।
मलेसिया आएको चार वर्षपछि आफूलार्इ गम्भीर रोग लागेको भन्दै इलामको सुलुबुङका योगेन बुर्जा मगरले सुसाइड नोट लेखेर सोमबार आत्महत्या गरेका हुन् ।
मलेसियाको बातुपहातस्थित पारी राजामा रहेको हर्ता प्याकेजिङ कम्पनीमा कार्यरत योगेन सोही कम्पनीको होस्टलसँगै रहेको पार्कमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
मगरले आत्महत्या गर्नुअघि लेखेको ‘सुसाइड नोट’ मा आफूलार्इ गम्भीर रोग लागेपछि त्यसबाट मुक्ति पाउने विकल्पकारुपमा मृत्यु रोजेको लेखेका छन् ।
कार्टुन बनाउने कम्पनीमा कार्यरत उनले सुसाइड नोटमा आफ्नै कारणले आत्महत्या गरेको जनाएका छन् ।
आफ्नो आत्महत्याबाट परिवार, समाज र साथीभाइमा पर्ने अप्ठ्यारोका लागि उनले माफीसमेत मागेका उनीसँगै काम गर्ने साथी गोरखाका शरद ढकालले जानकारी दिए ।
उनको शव पोस्टमार्टमका लागि बातुपहात अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि शव नेपाल पठाउने तयारी थालिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
