.एसिड हान्ने युवकलाई अदालतले दियो मृत्युदण्ड



११ बैशाख, एजेन्सी ।

बंगलादेशको एक अदालतले युवतीमाथि एसिड हान्ने एक युवकलाई मृत्यु दण्डको सजाय सुनाएको छ । ३ वर्ष अघि एक विद्यालयकी छात्रामाथि तेजाव हान्ने ती युवकलाई बुधबार अदालतले मृत्युदण्ड दिने फैसला गरेको हो ।

युवतीलाई तेजाव हानेपछि पक्राउ परेका अरिफउल इस्लामलार्इ रंगपुर जिल्ला अदालतले मृत्युदण्डको फैसला सुनाएपछि अन्य यस्तै अपराधीलाई समेत मृत्यु दण्ड दिने नजिर बन्न सक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भारत, बंगलादेश, पाकिस्तान लगायतका सार्क राष्ट्रमा एसिड हान्ने घटना निरन्तर जस्तै हुने गरेका छन् ।

तर नेपालमा भने पहिलो पटक गत फागुनमा यस्तो घटना भएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस




प्रतिक्रिया दिनुहोस्...