त्याको अभियोग लागेकालाई साउदी अरबमा टाउको काटेर मृत्युदण्ड



हत्याको अभियोग लागेका एक भारतीलार्इ साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइएको छ ।


साउदी अरबको गृह मन्त्रालयका अनुसार हत्या अभियोग लागेका एक भारतीय नागरिकसहित दुर्इजनाको शिर काटेर मृत्युदण्ड दिइएको पुष्टि गरेको छ ।

सरकारी साउदी प्रेस एजेन्सीबाट सार्वजनिक गृहमन्त्रालयको एक वक्तब्यमा भारतीय नागरिक सजदा अन्सारीले सुतिरहेका आफ्ना साउदी मालिकबाट सम्पत्ति लुट्ने लुट्ने क्रममा हथौडाले हानेर हत्या गरेको अभियोग लागेको थियो ।

साउदीकै अर्का व्यक्ति  मातेर अल-रोभइलीलार्इ पनि उनकी पत्नी र दुर्इ छोराछोरीको हत्या गरेको अभियोगमा साउदी सरकारले बिहीबारै शिर काटेर मृत्युदण्ड दिएको छ ।




प्रतिक्रिया दिनुहोस्...