मोटरसाइकल र रिक्सा ठोक्किँदा चार घाइते



पथरी, कात्तिक २ – पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी वडा नं. ६ स्थित सडकखण्डमा गएराति मोटरसाइकल र रिक्सा ठोक्किँदा चारजना घाइते भएका छन् ।

    पश्चिमबाट पूर्वतर्फ आइरहेको बा ३३ प ६९७१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको रिक्सा एकआपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक नवीन कार्कीले जानकारी दिए । घाइते सबैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्...