३ किलो सुन कस्को घरबाट जफत ?



काभ्रे, २९ असोज ।
तीन किलोग्राम अवैध सुनसहित चारजनालाई प्रहरीले बनेपास्थित हरिबोल कुँवरको घरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपाका हरिवोल कुँवर, जिल्लाकै धर्मराज कुँवर, कमल भुजेल र भीमबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक जनक भट्टराईले जानकारी दिए । प्रहरीले उनीहरूको पूरा ठेगाना खुलाएको छैन । चीनको खासातर्फबाट तातोपानी हुँदै अवैधरूपमा भन्सार छलेर ल्याएको सुन कुँवरको घरमा राखेको अवस्थामा प्रहरीको विशेष अनुसन्धान टोलीले छापा मारी सुनसहित उनीहरूलाई पक्राउ गरेको हो ।
बरामद सुन र अभियुक्तलाई कारबाहीका लागि प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको जनाएको छ । बरामद गरिएको सुनको बजार मूल्य करिब रु एक करोड १० लाख भएको अनुमान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्...