News
»
डा. बाबुराम भट्टराई अब ब्यबसायीक बाख्रा पालनमा पनि ।
डा. बाबुराम भट्टराई अब ब्यबसायीक बाख्रा पालनमा पनि ।
एकीकृत नेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराईले आफ्नो गृह जिल्ला गोरखाको जन्म थलो खोप्लाङमा व्यावसायिक बाख्रापालन गर्ने तयारी गरेका छन् ।

उनले करिब एक बर्ष पहिले नै आफुले गोर्खामा बाख्रा पालन गर्ने घोषणा गरेका थिए । उनको त्यो घोषणासंगै उनको समर्थक र सकरात्मक सोच हुनेहरुले सम्मान र बिरोधी र नकारात्मक सोच हुनेहरुले बिभिन्न खाले ब्यंग्य गरेका थिए । बोलीमा पक्का भएका कार्यन्वयनमा ईमान्दार नेताको छबी बनाएका बाबुरामले आफ्नो घोषणालाई सार्थक बनाउन बाख्रापालनका लागि दीपेशराजु स्मृति कृषि सहकारी गठन गरेर उनले खोप्लाङ–४ को बेलबासका स्थानीय बासिन्दासँग मिलेर बाख्रा पाल्ने तयारी गरेका हुन् । सहकारीका सल्लाहकारमा पूर्वप्रधानमन्त्री डा भट्टराई र अध्यक्षमा छोरी मानुषी यमी छन् । सहकारीको पहिलो साधारणसभा शनिबार उनको जन्मगाउँ बेल्वासमा भएको एमाओवादीले जनाएको छ । सहकारीमा बेल्वासका २९ स्थानीय बासिन्दा सदस्य छन् । सहकारीको उद्घाटन गर्दै डा भट्टराईले व्यावसायिक पशुपालनले परिवारको मात्रै नभई देशकै आर्थिक स्थिति बलियो हुने विश्वास व्यक्त गर्दै कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिए । सो सहकारीले बाख्रा पाल्नका लागि खोप्लाङमा ३८ रोपनी क्षेत्रफलको पाखो जमिन भाडामा लिएको छ । उक्त जमिनमा घाँसखेती गरिएको छ ।
कतै छुटाउनु भो कि ? Related Posts:
प्रतिक्रिया दिनुहोस्...