'होटलमा यौन शोषण भएको भन्दै नायिकाले प्रहरी गुहारिन
मुम्बई । बिगबोस सीजन पाँचकी सहभागी एवं टेलिभिजन कलाकार पूजा मिश्रले आफुमाथी यौन शोषण भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

उनको भनाई अनुसार पेय पदार्थमा कसैले नशालु पदार्थ मिसाएर खुवाएपछि गडबडी भएको थियो । साथै आफ्नो केही सामान चोरि भएको समेत उल्लेख गरेकी छिन् ।
प्रहरी अधिकारीले भने पूजाको भनाई नै विवादास्पद भएको बताएको छ । होटलको सिसिटीभी फुटेजमा केही नदेखिएको बताइएको छ ।
एउटा क्यालेण्डरको सुटिङका लागि भारतको उदयपुर पुगेकी पूजा सोही क्रममा र्याडीसन ब्लुमा बसेकी थिईन् ।
