भारतीय प्रधानमन्त्री मोदी सुष्मासँग ‘सल्किए’को खुलासा !
वैशाख ७ गते
नयाँदिल्ली । भारतका चर्चित प्रधानमन्त्री नरेन्द्र मोदी विवाहित पुरुष हुन् । तरपनि उनी लामो समयदेखि श्रीमतीसँग सम्बन्ध विच्छेद गरी एक्लै बस्दै आएका छन् । भारतमा चिया बेचेका मोदी प्रधानमन्त्री हुँदा सम्म उनको वाह वाही खुबै भयो ।
यति सम्मकी अमेरिकाका राष्ट्रपति बाराक ओबामाले पनि उनलाई चिया पसलबाट प्रधानमन्त्री बनेको गर्व लागेको भनेर बधाई दिएका थिए । विश्वमा राम्रो राजनेताको छवि बनाउँदै गएका मोदी अहिले भने आलोचनाको पात्र बन्न थालेका छन् ।
भारतमा उनले ल्याएको भुमि अधिग्रहण बिल प्रावधानको चर्काे विरोध भएको छ । जताततै प्रदर्शन तथा पुत्ला जलाउन थालेका छन् । तिनै नेता मोदीको भर्खरै मात्र एउटा नयाँ कुरा खुलासा भएको छ ।
मोदीले आफ्नै नतृत्वमा रहेको सरकारमा गृहमन्त्री पद सम्हालेकी महिला नेता सुष्मा स्वराजसँग सम्बन्ध राख्दै आएको खुलासा भएको छ । पार्टी तथा सरकारका अन्य मन्त्री नेता भन्दा सुष्मालाई बढी प्राथमिकता दिने गरेको खुलासा भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार भर्खरैमात्र मोदीले सुष्मा खुलेरै तारिफ गरेका छन् । संसद भवनमा आफ्ना सांसदहरुलाई ‘क्लास’ दिने क्रममा मोदीले सुष्माको खुलेरै तारिफ गरेका हुन् । मोदी तारिफले मख्ख सुष्माले ‘सुक्रिया’ भनेकी छिन् ।
मोदीले यमनमा फसेका भारतीयलाई सफल रुपमा स्वदेश फर्काएको श्रेय पनि सुष्मालाई नै दिएका छन् । यि सबै क्रियाकलापले मोदी र सुष्माबीच गहिरो सम्बन्ध रहेको टिप्पणी गरिएको छ । तर कस्तो सम्बन्ध हो त्यो खोलिएको छैन् ।मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) का नेताहरुले मोदी र शुष्माबीच गहिरो सम्बन्धको पुष्टि गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस
