कोरियामा नेपालीले गरे आत्महत्या....आखिर किन ??



मीनप्रकाश उप्रेती,सउल । दक्षिण कोरियामा एक नेपालीले ‘बिरानो ठाउँमा धन कमाउन आए तर पैसा भन्दा मैले आफु एक्लो पाए” भन्ने सुसाईट नोट लेख्दै आत्महत्या गरेका छन् ।



झापा धुलाबारिका छबिलाल भण्डारीले आत्महत्या गरेका हुन् । दस महिना अघि ईपीएसबाट कोरिया आएका भण्डारी ईबोल साम्बोक मेटल कम्पनी मा कार्यरत थिए । भण्डारीले तीन पृष्ठ लामो सुसाईट नोटमा उक्त कुरा लेखेको उनका भिनाजु कमल प्याकुरेले जानकारी दिए ।

भण्डारी बिहिबार बिहानदेखि अकस्मत हराएपछि उनको खोजि भएको थियो । शुक्रबार बेलुका साढे पाँच बजेतिर जंगलको एक रूखमा झुण्डिएको अवस्थामा उनके शव फेला पारेको थियो ।

२५ बर्षीय भण्डारीले आफूले आस गरेका मान्छेहरुबाट पनि सहयोग नपाएको भन्दै आफु निरिह हुन पुगेको सुसाईट नोटमा लेखेका छन् ।

उक्त सुसाईट नोटमा देशको राजनैतिक अबस्थादेखि पारिवार हुँदै आफूमा टुङ्ग्याएको झापा मिलन समाजका सल्लाकार केपी सिटाैलाले बाताए ।
source:nepal japal






प्रतिक्रिया दिनुहोस्...