छात्राको कट्टु खोलिदिने शिक्षक थुनामा



झापा: झापा कोहवरामा मादक पदार्थ सेवन गरी विद्यालय गएका शिक्षकले कक्षा ४ का चारजना छात्रालाई कट्टु खोल्न लगाएको रहस्य खुलेको छ।


गत बुधबार कोहवरा ९ स्थित शहिद प्राथमिक विद्यालयका ५२ बर्षिय शिक्षक मित्रराज नेपालले सोही विद्यालयको कक्षा ४ मा अध्ययन गर्ने चारजना छात्रालाई कट्टु खोल्न लगाएको उक्त विद्यालयका प्रधानाध्यापक कात्तिकलाल गन्गाईले बताए।

कक्षामा पढाउन पसेका शिक्षक नेपालले विद्यार्थीलाई ६ को गुना भन्न लगाएका थिए। तर ति चार जना छात्राले गुना भन्न नजानेपछि उनीहरुको फ्रक खोल्न लगाएर कट्टु खोलिदिएको प्रअ गन्गाईले बताए।

ति चार जना छात्रामध्ये एकजनाले घरमा आफूले पाएको सजायका बारेमा भनेपछि गाउँमा हल्लाखल्ला भएको थियो। प्रधानाध्यापक गन्गाईले भने, 'एकजनाले घरमा लगेर सुनाएपछि अन्य अभिभावकको पनि कानमा कुरा पुगेपछि उक्त कुरा बाहिर आएको हो ।'
आफूले शिक्षक नेपालले दिएको सजायको बारेमा थाह पाएपछि विहीबार प्रअ गन्गाईले नेपालविरुद्ध इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी दिएका थिए। सोही दिन प्रहरीले नेपाललाई पक्राउ गरी हिरासतमा राखेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए।

पक्राउ परेका बेला पनि उनी मापसे गरेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गौरीगञ्जका अनुसार नेपाल विरुद्ध सार्वजनिक मुद्धा लगाइएको छ। यसअघि पनि नेपाल मापसे गरेर विद्यालय आउने गरेको प्रअ गन्गाईले बताए। नेपाललाई पटक पटक चेतावनी दिँदा पनि अटेर गरेको गन्गाई वताउछन् ।
source:tajakhabar




प्रतिक्रिया दिनुहोस्...