असुरक्षित मुखमैथुनले क्यान्सरको खतरा
एजेन्सी काठमाडौं/ धेरै जोडीसँग असुरक्षित मुखमैथुन गर्ने पुरुषलाई क्यान्सर हुने बढी खतरा रहेको हालै एक अध्ययनले जनाएको छ ।
२५ वर्षीय युसुफ अलाम (नाम बदलिएको) एक अविवाहित सफ्टवेर इन्जिनियर हुन् जसलाई घाँटीको हावा नलीको क्यान्सर लागेको पहिचान गरिएको थियो । उनले कहिले पनि चुरोट या रक्सी खाने गरेका थिएनन् । यसबाट अचम्ममा परेका डाक्टरहरुले सोधपुछ गर्दा उनले आफ्नो यौन जीवनका बारेमा पनि बताएका थिए । सोधपुछका क्रममा उनले केही युवतीहरुसँग सामान्य मुख मैथुन गरेको खुलासा गरेका थिए ।
पछि ल्याबमा परिक्षण गर्दा उनलाई टन्सिलर क्यान्सर रहेको पत्ता लागेको थियो । डाक्टरहरु भन्छन्, “टन्सिलाइटिस वा घाँटीको हावाको नलीको क्यान्सर चुरोट र रक्सीका अम्मलीहरुमा सामान्य रुपमा देखिनेन्छ । यो ज्ख्ए बाट र्सर्ने र विशेष गरेर युवा पुरुषहरुमा धेरै फैलिने गरेको पाइएको छ । यो असुरक्षित यौन व्यवहारबाट झन् बढी फैलिने खतरा रहेको छ ।”
यो अझ धेरै जोडीसँग असुरक्षित मुखमैथुन गर्नेमा HPV इन्फेक्सन हुने खतरा बढी रहेको डाक्टरहरु बताउँछन् । तर यस्तो खाले यसको इन्फेक्सन निकै दुर्लभ र यसका लक्षणहरु निकै कम हुने बताइएको छ । HPV इन्फेक्सनलाई हावा नली र टन्सिलाइटिसको क्यान्सरसँग जोडिए पनि सबै मुखमा देखापर्ने सबै ज्एख् इन्फेक्सन क्यान्सरमा परिणत नहुने पनि डाक्टरहरुले बताएका छन् ।
