.एसएसपी रमेश खरेलले राजीनामा देलान त ?



चर्चा बढी भएपछि जस्तोसुकै अग्लो व्यक्ति पनि
मात्तिन्छ भन्ने बुढापाकाको भनाइ नेपाल
प्रहरीका एसएसपी रमेश खरेलमा लागु भएको छ । कुनै
समय सेलिब्रेटीको रुपमा नाम लिइने एसएसपी
खरेलले आफ्नै श्रीमतीको नाम सुन पक्राउको
सुराकी सूचीमा राखेर कमिसन लिने गरेको
साविती बयान दिएपछि उनको स्वच्छता उजागर
भएको थियो ।

यतिबेला फेरि त्यस्तै प्रकृतिको प्रहरी भर्ना
सम्बन्धि अर्को घटना सार्वजनिक भएको छ । घटना
विवरण अनुसार नेपाल प्रहरीका सिपाही अर्थात
जवान भर्ना केही वर्षअघिसम्म ठूलै चलखेल हुने गथ्र्यो
। अहिले पनि सुरुमा कुनै चलखेल हुँदैन, लिखित
परीक्षा दिएपछि यस्तो चलखेल हुन्छ ।
एसएसपी खरेलले पनि भर्ना सम्बन्धि नियमलाई
जानीजानी लत्याएर चलखेल गरेको रहस्य खुलेको छ
। उनले नगदमै चलखेल गरेका हुन कि लापरवाही गरेका
हुन भन्ने विषयमा अझै तथ्य बाहिर आएको छैन । यो
तथ्य बाहिर आएपछि भने उनी राजीनामा दिएर
प्रहरी संगठनबाट बाहिरिने मनस्थितिमा पुगेको
बताइए पनि श्रीमती प्रकरणमा समेत राजीनामा
नदिएका नैतिकवान प्रहरी खरेलले यस प्रकरणमा
राजीनामा देलान भनी कसैले विश्वास गरेका छैनन

उनलाई चितवन तालिम केन्द्रमा लापरवाही
गरेको भन्दै प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण
सोधेर कारवाही प्रक्रिया अघि बढाउने नाटकीय
तयारी गरेको समाचार तरुण साप्ताहिकले
छापेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस




प्रतिक्रिया दिनुहोस्...