विवाह र व्रतबन्धका लागि १ वर्ष कुर्नु पर्ने...
विवाह र ब्रतबन्धका लागि शुभसाइत कुर्ने गरिन्छ । त्यसैले वर्षमा लगन अर्थात शुभ समय भएका दिनमा मात्र विवाह वा व्रतबन्ध जस्ता कर्म गर्ने चलन छ ।
वर्ष २०७२ को असार महिना देखि अर्को असार सम्म विवाह तथा ब्रतबन्ध गर्नेहरुलाई शुभ नहुने दावी एक भारतीय ज्योतिषले गरेका छन् । उनको दावी अनुसार आगामी असार महिना देखि अर्को असार सम्म विवाह गर्नका लागि उपयुक्त मुर्हुत नभएका कारण विवाह गर्नेहरुलाई बैबाहिक जीवनमा समस्या हुन सक्छ ।
आगामी असारको मध्य देखि ग्रह र नक्षत्रको स्थिति विवाहका लागि खराव हुने बताइएको छ । त्यसकारण अव विवाह गर्न चाहनेहरुले कम्तिमा १ वर्ष कुर्नु उत्तम रहेको ती ज्योतिषले बताएका छन् ।
उनको दावीलाई अग्रेजी अखवार ‘द हिन्दुस्तान टाइम्स’ ले ठूलो महत्वका साथ प्रकाशित गरेको छ ।
ज्योतिषका अनुसार आगामी असारको मध्य देखि वृहस्पति सिंह राशिमा प्रवेश गर्ने छ र एक वर्ष सम्म त्यसमै रहने छ । यसले विवाह व्रतबन्धका लागि यो समय उपयुक्त नहुने ज्योतिषको दावी छ । source taja khabar
