.आज मिति वि.सं. २०७२ वैशाख ०१ गते मङ्गलबार अनुसार तपाईको राशिफल यसप्रकार छ:-



आजको राशिफल
आज वि.सं. २०७२ वैशाख ०१ गते मङ्गलबार तदनुसार ई. सं. २०१५ अप्रिल १४ तारिख
वैशाख कृष्ण दशमी, धनिष्ठा नक्षत्र, मकर राशिको चन्द्रमा, शुभ योग, विष्टि (भद्रा) करण
आजको व्रत/पर्व : नववर्ष २०७२ प्रारम्भ, वैशाख सङ्क्रान्ति


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक क्षेत्रबाट मानसम्मान र प्रतिष्ठामा आघात पुग्न सक्छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रले गरेको बाचा पूरा गर्न सक्दैनन् । दाम्पत्यसम्बन्धमा तितोपन देखिने छ र सन्ततिले पनि निराश तुल्याउने छन् । मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बन्दव्यापार र कामधन्धाका क्षेत्रमा जतिखटे पनि सफलता प्राप्त नहुनाले निराश भइनेछ । दिउँसोका तुलनामा बिहानको समय अझ निराशाजनक रहनेछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक सम्बन्धमा अझ दूरी बढ्ने छ । आज गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज दिउँसोसम्म त्यति अनुकूल दिन छैन । तर परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिनको सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । तर बेलुकीपख के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावुक बन्न सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा हुनेछ । पाचनप्रणाली र नसासम्बद्ध रोगले समेत दुःख दिन सक्छ । दृष्टिशक्तिमा कमी आउन सक्छ ।  आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन मिश्रित परिणाम प्राप्त हुने दिन हो । अपराह्नसम्म त्यति अनुकूल दिन छैन तर त्यसपछि केही शान्तिको अनुभूति हुनेछ । शरीरमा रहेको अल्छीपन र आलस्यले छाड्दै जाने छ । काममा हौसला बढ्ने छ र शरीरमा स्फूर्ति जाग्नेछ । सामान्य समस्याहरूले पिरोल्ने सम्भावना छ, संयमता अपनाउनु बेस हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिनको सुरुवातमा मन खिन्न भए पनि आज तपाईंले गरेको प्रयास ढिलो गरी सफल हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । प्रतिस्पर्धी, कुमित्र वा खराब आचरण भएका साथीभाइसित जमघट हुनसक्छ वा त्यस्तो भोजभतेरमा सहभागी हुनुपर्ने छ । पाचनप्रणालीको कमजोरी चिन्ताको विषय बन्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राम्रो नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ र मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्राविधिक काममा अलमल हुनेछ र गरेका अरु काममा पनि खासै उपलब्धी प्राप्त हुनेछैन । आत्मसन्तुष्टि नहुनाले दिक्क लाग्नेछ । मनोरञ्जन, रामरमाइलो र सञ्चारप्रविधिका क्षेत्रमा खर्च गर्न मन हौसिने छ । नजिकको मानिस टाढिन सक्छ । वित्तीय र व्यापारिक लगानीका लागि चिन्तन भए पनि लगानी गर्ने अनुकूलता देखिंदैन । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मन त्यसैत्यसै भावुक र उत्ताउलो बन्न सक्छ । नयाँ कामको थालनी गर्दा जान्नेबुझ्नेको राय लिएर काम गर्नु राम्रो हुन्छ, नत्र पछुतो हुनसक्छ । घरव्यवहार, निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । खास उपलब्धी हुन सक्दैन । पछाडि बसेर तपाईंका कुरा काट्नेहरूले खिसीट्यौरी गर्न छाड्दैनन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

दिउँसोसम्म पारिवारिक समस्याले मन खिन्न हुनेछ । त्यसपछि गरिएका काममा समेत खासै राम्रो प्रतिफल प्राप्त हुन सक्दैन । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित भएपनि उपलब्धी नमिल्न सक्छ । तपाईं विरुद्ध काम गर्ने व्यक्तिहरूको चलखेल बढ्न सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज दिनभरि सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ला । विशेष कामप्रति रुचि जागृत हुनेछ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । शत्रुहरू पराजित हुनेछन् । तर साँझपख गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।




प्रतिक्रिया दिनुहोस्...