"यी मानिसहरु विगत ५५ वर्षदेखि गाडिएका थिए हिउँभित्र



मेक्सिको, फागुन २४ – मेक्सिकोको एक पहाडमा दुई लास जमेको अवस्थामा पाइएको छ । यी दुई लासलाई ती पर्वतारोहिहरुको बताइएको छ जो ५५ वर्ष पहिले मेक्सिकोमा आएका थिए ।





गत सोमबार मेक्सिकोको सबैभन्दा अग्लो पहाड पिसो दे ओरीजाबामा एक लास पाइएको थियो ।


खबरका अनुसार १२ पर्वतारोही जब यो लासलाई निकाल्नका लागि त्यहाँ पुगे तब उनीहरुले अर्को लासलाई पनि भेटे ।

 स्थानीय अधिकारीहरुले ५५ वर्ष पहिले भएको हिमपहिरोमा दुबै पर्वतारोहिहरुको मृत्यु भएको अनुमान गरेका छन् ।

यहाँबाट निकालिएपछि उनीहरुको शवको डिएनए टेस्ट गराइने बताएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar




प्रतिक्रिया दिनुहोस्...