काठमाडौंको आकाशमै ट्राफिक जाम हेर्नुहोस् ( भिडियो सहित )
यस्तो छ एयर ट्राफिकको अवस्था। काठमाडौं- देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ अभाव भएपछि काठमाडौंको आकाशमा ट्राफिक जाम भएको छ। विमानस्थलका कामु महाप्रबन्धक वीरेन्द्रकुमार श्रेष्ठले आफूहरुसँग पार्किङ अभाव रहेको बताए। पार्किङ अभाव भएपछि जहाजहरुलाई आकाशमै होल्ड गराइएको उनले स्विकारे। 'विमानस्थल सुचारु भएसँगै सबैले फ्लाइट थपेका छन्,' उनले नागरिकन्युजसँग भने, 'पार्किङ अभावले आकाशमै होल्ड गराउन बाध्य भएका हौं।' अहिले आकाशमा दिल्लीबाट आएका एयर इन्डियाका ए३२१-२११ एयरबस दुइ वटा, दिल्लीबाटै आएको बोइङ ७३७-८५ आर र चीनको कुम्निङबाट आएका चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७-७९ पी दुइ वटा जहाज आकाशमै फन्को लगाइरहेका छन्। ल्यान्ड गर्न समय लाग्ने भएपछि शारजाहबाट आएको एयर अरेबियाको जहाज भारतको लखनउ डाइभर्ट भएको छ। दुर्घटनामा परेको टर्किस एयरलाइन्सको जहाज पार्किङमा पुर्या्एसँगै त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक अस्तवयस्त भएको हो। source a2z khabar
