यात्रुबाहक बस दुर्घटना मृत्यु हुने को सख्या २९ पुग्यो ४० भन्दा बढी घाइते



काठमान्डौ ।
यात्रुवाहक बस छतिवन गाविस–  ५ कट्कटेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या२९ पुग्यो । पुरा बिबरण आउन बाकि …

डोटीको जोरायलबाट धनगढीतर्फ आईरहेको यात्रुबाहक ना ४ ख ५७०७ नम्बरको बस आज दुर्घटना भएको छ। स्थानीयका अनुसार करिव २९  जनाको मृत्यु भएको छ भने ४०भन्दा बढी  जना घाईते भएका छन्। इलाका प्रहरी कार्यालय बुडरको टोली घटनास्थलमा प्रहरी पुगेको छ। यात्रुबाहक बस सडकबाट झण्डै अढाई सय मिटर तल खसेको घटनास्थल पुगेका एक प्रहरी अधिकारीले जानकारी दिएका छन्। घटनाको पुर्ण विवरण आउन नसकेको डोटीका प्रहरी प्रमुख भोजजंग शाहले जानकारी दिएका छन् । स्थानिय र नेपाल प्रहरीको प्रयासमा उद्दारकार्य जारी छ ।






प्रतिक्रिया दिनुहोस्...