नियम विपरित कपाल काट्ने विद्यार्थीको २० नम्बर घटुवा
विद्यालयको पोषाक नीति उल्लंघन हुने शैलीमा कपाल काटेको आरोपमा एक विद्यार्थीलाई कारवाही गरिएको
अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित अल सेन्टस् क्याथोलिक सिनियर कलेजमा अध्ययनरत १७ वर्षका डोमिनिक नामका छात्रले विद्यालयमा आउँदा निकै अभद्र हेयर स्टाइल बनाएको ठहर कलेजले गरेकेा छ ।
तर आफुमाथि गरिएको कारवाहीलाई डोमिनिकले प्रतिशोधका रुपमा लिएका छन् । शिक्षकहरुले आफुलाई उदाहरण बनाउनका लागि प्रयोग गरेको भन्दै आफ्नो भन्दा पनि खराब स्टाइलमा कपाल काट्ने विद्यार्थीहरुलाई कारवाही नगरिएको गुनासो गरे ।
सुरुमा त्यस्तो कपालका कारण उनलाई परीक्षामै बस्न नदिने बताइएको भएपनि अन्ततः २० नम्बर कट्टी गरिने निर्णय गर्दै कलेजले उनलाई रसायन शास्त्रको परीक्षामा प्रवेश दिएको थियो ।
डोमिनिककी आमाले भने विद्यार्थीप्रति कलेजको त्यस्तो व्यवहार असल नहुने भन्दै त्यसले विद्यार्थीको आत्मसम्मान तथा शिक्षामा असर पार्ने बताइन् ।
तर स्कुलका प्रधानाध्यापकले भने आफुहरुले डोमिनिकलाई परीक्षाबाट बञ्चित गरेको नभै खराब स्टाइलको कपाल सुधारेर आउन लगाएको र त्यसो हुँदा एक दिन ढिलो भएकेा बताए ।
विद्यालयको पोषाक नितिका बारेमा सबै विद्यार्थीलाई पहिले नै सचेत गराइएको हुँदा यसको कडा रुपमा कार्यान्वयन गरिने उनले बताए ।

छ । उनले पाएको सजाय पनि अचम्मको छ । नियम विपरित कपाल काट्ने ती विद्यार्थीलाई उनले रसायनशास्त्र विषयको परीक्षामा पाएको प्राप्तांकमा २० नम्बर कट्टी गरिएको छ । #स्रोत : अनलाईन खबर