ह्याप्पी बर्थडे गुगल



Google's 16th birthday: Latest doodle marks search engine's sweet sixteenth...
निशूल्क सर्भिस दिएर पनि गुगलले करोडौं डलर कमाउँछ काठमाडौं, संसारकै सबैभन्दा ठुलो सर्च इन्जिन गूगलको आज जन्मदिन हो । 
बास्तबमा गूगलले सन २००५ मा आधिकारिक रूपमा आफ्नो जन्मदिन २७ सेप्टेम्बर मा मनाउने घोषणा गरेको थियो । यस अघि गूगलले आफ्नो बर्थडेको तारीख निकै पटक परिवर्तन गरेको छ । ४ सेप्टेम्बर १९९८ मा बनेको यो कम्पनीले सेप्टेम्बर महिनाका बिभिन्न दिनहरूलाइ जन्मदिनका लागी छानेको थियो । यस अघि ४, ७, १५ र २६ सेप्टेम्बर पछि अन्तत २००५ मा २७ सेप्टेम्बरमा आफ्नो जन्मदिन मनाउने तय गरेको हो । सन २००५ पछि हरेक २७ सेप्टेम्बरमा गूगलले आफ्नो होम पेजमा आकर्षक डूडल बनाउँदै आएको छ । 
गत बर्षको २७ तारिखमा गुगलले केन्डी गेम डूडल आफ्नो होम पेजमा बनाएको थियो । गूगल कम्पनी आफ्ना यूजर्सलाइ आफ्ना सेवाहरू निशूल्क दिन्छ, तर पनि संसारको टप रेभेन्यू कमाउने कम्पनीहरू मध्ये गुगल पनि एक हो । के तपाइँलाइ थाहा छ निशूल्क सर्भिस दिएर पनि गुगलले कसरी करोडौ डलर कमाउँदछ ? जुन सेवाहरूलाइ हामी निशूल्क मान्दछौं, गूगल त्यहि बलमा अन्य ठाउँबाट कमाई हुने गर्दछ । अन्य कम्पनीहरू हाम्रा बारेमा जानकारीहरूलाइ गुगलबाट खरिद गर्दछन वा त्यसमा आफ्नो विज्ञापनहरू पठाउँदछन र त्यस बापत पैसा तिर्ने गर्दछन । विज्ञापनमा हरेक क्लिकका लागी गूगल केही सेन्ट देखि लिएर सयौं डलर सम्म शूल्क लिने गर्दछ । #स्रोत : अनलाईन खबर





प्रतिक्रिया दिनुहोस्...