..कोरियाबाट फर्केका युवा भन्छन्-‘ज्यानै बचाउन कठिन छ’
काठमाडौँ, ७ वैशाख । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान यो वर्ष ५१ हजार ४९९ जनाले छैठौं कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।
गत बिहिबारदेखि आइतारसम्म आवेदन दिन पाउने व्यवस्था गरिएकामा सो अवधिमा ५१ हजार ४९९ जनाले आवेदन दिएको वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो ।
जसअनुसार काठमाडौँ उपत्यकाभित्र नेपाल वेद विद्याश्रम संस्कृत मावि, वनकाली गौशालामा सात हजार १९६ जना, काठमाडौं भ्याली उच्च मावि, महाराजगन्जमा छ हजार ४७६ जना, ल्याब्रोटरी उच्च माध्यमिक विद्यालय कीर्तिपुरमा छ हजार ३५६ जना, ललितपुरमा महेन्द्र आदर्श विद्याश्रम, सातदोबाटो, च्यासल फुटबल खेल मैदानमा दुई हजार ४३५ र बालकुमारी, ललितपुरमा चार हजार ३९२ जनाले आवेदन हालेका छन् ।
उपत्यका बाहिर धरानमा नौ हजार ८९ जना, पोखरामा आठ हजार ३३५, बुटवलमा छ हजार ४३१ जना, डडेल्धुरामा ६०८ जनाले र जनकपुरमा १८१ जनाले आवेदन दिएको इपिएस कोरिया शाखाले जनाएको छ ।
परीक्षा उत्तिर्ण हुने आवेदकले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्न सक्नेछन् ।
यसवर्ष उत्पादनमूलक क्षेत्रतर्फ सात हजार १०० जनालाई भाषा परीक्षा पास गर्ने अनुमान गरिएकामा चार हजार ९०० तथा कृषि तथा दुई हजार २०० जना पशुपालन क्षेत्रमा कोरिया लैजाने तयारी गरिएको छ ।
गत वर्षहरुमा भाषा परीक्षा उत्र्तिण भएपनि धेरै नेपाली कोरिया जान नपाएका कारण यो वर्ष कोरियाको आकर्षण घटेको अनुमान गरिएको छ ।
शाखाका निर्देशक बास्तोलाले कोरीयाको रोजगारी आकर्षणमा कम भएको कारण नभई विभिन्न परीक्षा सोही समय परेकोले यो वर्ष गत वर्ष भन्दा कम आवेदन परेको बताउनुभयो
यस वर्ष परीक्षा हुने समय जेठको आसपासमा ११ र १२ कक्षाको परीक्षा तथा शिक्षक सेवा आयोगको परिक्षा पनि सोही समय परेकोले आवेदन कम परेको हुनसक्ने उहाँको भनाइ छ ।
श्रम तथा रोजगार मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालयबीच सम्पन्न समझदारीपत्रअनुरुप छैटौं भाषा परीक्षको लागि बिहीबारदेखि आइतवारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म परीक्षा आवेदन फाराम भर्ने व्यवस्था मिलाएको थियो ।
परीक्षास्थल तथा परीक्षा समयसम्बन्धी विस्तृत सूचना २०७२ जेठ २० मा प्रकाशित हुने शाखाले जनाएको छ ।
कास्कीको पोखरास्थित दरखास्त फाराम सङ्कलन केन्द्रमा फाराम दर्ता गराउने व्यक्ति पोखरा उपमहानगरपालिकास्थित परीक्षा केन्द्रबाट मात्र परीक्षामा सहभागी हुन सक्नेछन् ।
पोखराबाहेक अन्य दरखास्त फाराम सङ्कलन केन्द्रबाट फाराम दर्ता गराउने व्यक्तिको हकमा काठमाडौं उपत्यकाभित्र तोकिएको परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुनसक्ने व्यवस्था मिलाइने शाखाले जनाएको छ ।
भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते हुने र एक दिनमा २ सिफ्ट गरी सञ्चालन हुनेछ भने नतिजा साउन १६ गते प्रकाशित गरिने इपिएस कोरिया शाखाका निर्देशक बाँस्तोलाले जानकारी दिनुभयो । source:taja khabar
