घाँस काट्न गएकी किशोरीको बलात्कार



२०७२ बैशाख ८ मंगलवार

रौतहट : रौतहटमा घाँस काट्न गएकी एक किशोरीलाई  दुइ युवकले सामुहिक बलात्कार गरेका छन्।

भसेडवाकी १६ वर्षीया एक किशोरीलाई गाउँ नजिकै लालबर्कया नदी किनारमा सोही गाउँका १८ वर्षिय रधुनन्दन राय यादव, १८ वर्षिय सुनिल राय यादव ले बलात्कार गरेको पीडित पक्षले जनाएको छ।

प्रभावति पक्षले मंगलबार इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन्। बैसाख ३ गते साँझ करिब ६ बजे घास काटेर फर्कने क्रममा ती युवकहरूले नदी किनारको कासघारीमा लगेर जबरजस्ती गरेको प्रहरीलाई दिइएको जाहेरीमा उल्लेख छ।

आरोपी युवकहरू फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।५ दिन अघिको घटना सुरूमा गाउँमै मिलाउने भन्दै स्थानीय केही अगुवाले बाहिर नल्याउन दबाब दिएका थिए। तर प्रभावित पक्षले दबाब इन्कार गर्दै प्रहरीकहाँ उजुरी दिएपछि घटना बाहिर आएको हो।source:taja khabar




प्रतिक्रिया दिनुहोस्...