नायिका कट्रिना कैफ दुर्घटनामा परी घाइते !



मुम्बई । फिल्मी दुनिया हेर्नका लागि कति रंगीन छ, तर यहाँ काम गर्नेहरुको जीवन त्यति नै जोखिमपूर्ण पनि छ ।

गत साताको अन्त्यमा एक सिन शुटिङका दौरान बलिउड नायिका कट्रिना कैफले आफ्नो सन्तुलन गुमाउँदा घोडाबाट लडेर घाइते भएकी छन् ।
नायिका कट्रिना पछिल्लो समयमा अभिषेक चौबेको नयाँ फिल्म ‘फितूर’ को शुटिङमा व्यस्त छिन् ।
सोही फिल्ममा उनी घोडामा चडेको सिनको शुटिङ गर्नु थियो तर उनले सन्तुलन गुमाउँदा लड्न पुगिन् तर गम्भीर चोट नलागेका कारण फेरि सुटिङ गर्न उनी तयार भएकी थिइन् ।
उनको गला र पिठ्युमा चोट लागेको छ । उनी अहिले आराम गरिरहेकी छन् । उनी यसअघि पनि एक सीनका दौरान यस्तै दुर्घटनामा परेकी थिइन् ।source nepalsandesh






प्रतिक्रिया दिनुहोस्...