काठमाडौं, ३ वैशाख ।
नेपालमा चिनिया पर्यटक बढेसंगै सन् २०२० भित्र चीनले सगरमाथामुनि सुरुङ्ग निमार्ण गरी काठमाण्डौ सम्म रेलमार्ग पुर्याउने योजना अगाडी सारेको छ । ल्हासादेखि सगरमाथा हुँदै काठमाडौं सम्म सबैभन्दा छोटो दुरी परेकोले चीनले सो प्रस्ताव राखेको हो ।
पर्यटन र व्यापार विस्तारको लागि रेलमार्ग सगरमाथा हुदै काठमाण्डौ सम्म विस्तार गर्ने काम भइरहेको चिनिया समाचार संस्था ‘चाइना डेली’ ले जनाएको छ । उक्त पत्रिकाका अुनसार क्विङहाई–तिव्बत रेलमार्गले नेपाली नाका जोड्नेगरी काम भइरहेकोे छ ।
सगरमाथालाई तिव्बती भाषामा चोमोलोङमा भनिन्छ ।चिनिया रेलमार्ग विज्ञ वाङ्ग मेङसुले भने-‘रेलमार्ग चोमोलोङमा हुदै काठमाण्डौ जाने सम्भावना रहेकोले कामदारहरुले अन्यन्तै लामो सुरुङ्ग खन्नुपर्ने हुनसक्छ’ ।
यसअघि चीनको सिगात्सेसम्म आइपुगेको रेलमार्ग सन् २०२० भित्रै नेपालको केरुङ्ग नाकासम्म पुर्याउने चिनिया योजना सार्वजनिक भैसकेको छ ।** भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source;taja khabar
..सन् २०२० भित्र सुरुङमार्ग हुँदै चिन–नेपाल रेल चल्ने तयारी यस्तो छ