बहराईन र कतार जाँदा अब कत्ति पनि शुल्क नलाग्ने
काठमाडौं : सरकारले कतार र बहराइनमा जाने कामदारसँग कुनै पनि शुल्क लिन नपाउने गरी नयाँ निर्देशिका जारी गर्ने भएको छ।
निर्देशिका जारी भएपछि नेपाल सरकारले म्यानपावर कम्पनीले विभिन्न शीर्षकमा लिने गरेको शुल्क कटौती हुनेछ।
अहिलेसम्म कतार र बहराइन दुवै मुलुकमा ७० हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था छ। कामदार लिने मुलुकले एक रुपैयाँ पनि तिर्नु नपर्ने बताएपछि नेपाल सरकार नैतिक संकटमा परेको हो।
मन्त्रालयले म्यानपावर व्यवसायीसहित अन्य केही सरोकारवालासँग छलफल गरी केही दिनभित्रै कतार र बहराइन कामदार पठाउने म्यानपावर कम्पनीले हाल विभिन्न शीर्षकमा लिँदै आएको शुल्क कटौती गर्ने तयारी गरेको हो।
कुनै पनि शुल्क नलिई म्यानपावर व्यवसायीले कामदार नपठाउने भएकाले सेवाशुल्कका नाममा न्यूनतम पाँच हजार हाराहारीमा मात्र शुल्क लिएर पठाउने दिने प्रारम्भिक योजना मन्त्रालयले बनाएको छ।
