,मलाई ट्याक्सीमै थुनेर आगो लगाए



म  नीरज पाण्डे, काठमाडौंमा ट्याक्सी चलाएर जिविका चलाई रहेको छु । मेरा दुई बालबच्चालाई यही पेशाबाट लालन पालन गरिरहेको छु ।



कहिँले काँही दिउसो चलाए पनि धेरै समय रातिमै ट्याक्सी चलाउछु । हिजो रातिमा मैलै ट्याक्सी चलाएँ । आज बन्द छ भन्ने मलाई थाहा थियो ।

त्यही भएर विहान साढे ४ बजे घरतिर फर्किदै थिए । बालकुमारी नजिकै विहान ४ बजे दुई युवा भेटिए । उनीहरुले हाम्रो मान्छे बिरामी छ सुमेरु अस्पताल पुरयाईदिनु भने । मेरो डेरा पनि त्यही साइडमा भएकोले उनीहरुलाई बस्न आग्रह गरे ।

उनीहरु बसेको केही समयमै मेरो ट्याक्सीमा पेटोल छर्केछन्, म हिड्न मात्र लागेको थिएँ, उनीहरुले फेरी रोके र पछाडी आगो लगाई दिए ।

म गाडीभित्र नै थिएँ । मलाई गाडीमा राखेर आगो लगाई दिए । मैले सिट बेल्ट वाँधेको थिइन । हतारमा बाहिर निस्के, तर मेरो कपाल जलेको छ ।

बन्द बिहान ५ बजेदेखि भन्न सुनेका थिए, सडकमा रात्री बसहरु चलिरहेका थिए । एकाएक मेरो ट्याक्सीमा आगो लगाएर उनीहरु भागे । बन्दको अवज्ञा गरेको भन्दै आगो लगाए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:nepali aawaj




प्रतिक्रिया दिनुहोस्...