३ दिने आम हडतालः यस्तो देखियो काठमाडौं (फोटो फिचर)



चैत, काठमाडौं ।
एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले आह्वान गरेको तीन दिने आमहडतालको पहिलो दिन आज राजधानी काठमाडौं सहित अधिकाँश जिल्लामा उद्योग कलकारखाना तथा विद्यालय लगायतका संघ संस्था बन्द भएका छन् ।
Morcha Aam Hadtal chait 24 (8)
आमहडतालका कारण लामो र छोंटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने सडकमा पैदल यात्रुको घुँइचो देखिन्छ ।
Morcha Aam Hadtal chait 24 (2)

Morcha Aam Hadtal chait 24 (3)
Morcha Aam Hadtal chait 24 (5)Morcha Aam Hadtal chait 24 (6)
Morcha Aam Hadtal chait 24 (4)Morcha Aam Hadtal chait 24 (9)
Morcha Aam Hadtal chait 24 (11)

Morcha Aam Hadtal chait 24 (14)
यसैबीच प्रहरीले बन्द गराउँदै हिँड्ने क्रममा एकीकृत माओवादीका नेता कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवं नेतृ रेणु दाहाल, नेता हिमाल शर्मा लगायतका विद्यार्थी नेता पक्राउ परेका छन् ।
Morcha Aam Hadtal chait 24 (1)
बिजुली बजार क्षेत्रबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा पूर्व विद्यार्थी नेता समेत रहेका हिमाल शर्मामाथि दुर्व्यवहार र कुटपिट समेत गरिएको क्रान्तिकारीले जनाएको छ ।
Morcha Aam Hadtal chait 24 (10)
हिसिला, जनार्दन र झक्कु सडकमा
एमाओवादी नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईकी पत्नी एवं नेतृ हिसिला यमी बन्द सफल बनाउन सडकमै उत्रिएकी छिन् । त्यस्तै संसदको लेखा समितिका सभापति एवं एमाओवादी सभाषद जनार्दन शर्मा र एमाओवादी नेता झक्कु सुवेदी समेत सडकमा देखिए ।
Morcha Aam Hadtal chait 24 (7)
विहानै बन्दकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वर बालकुमारी क्षेत्रमा एक ट्याक्सी जलाएका थिए । विजुली बजारमा एउटा मोटरसाइकल जलाएका थिए ।
Morcha Aam Hadtal chait 24 (13)
उता बन्दकर्ताहरुले काभ्रेको बुडोल १० स्थीत निरज श्रेष्ठको घरनजिक सिलिण्डर विष्फोट गराएका छन् । विष्फोबाट श्रेष्ठको घरको झ्याल र कोठामा सामान्य क्षती पुगेको छ ।
Morcha Aam Hadtal chait 24 (12)
भर्खरै प्राप्त समाचार अनुसार काठमाडौंको विजुली बजार क्षेत्रमा बन्दकर्ता र प्रहरीबीच भिडन्त भएको छ । प्रहरीले बन्दकर्ता नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको हाम्रा संवाददाताले जनाएका छन् ।source:nepali headline





प्रतिक्रिया दिनुहोस्...