प्रहरी र बन्दकर्ताबीच झडप, हिसिला यमीसहित केही घाईते



काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको आमहड्तालका क्रममा राजधानीको बिजुली बजारमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

कोटेश्वरबाट कार्यकर्ताहरु पक्राउ गरेर ल्याउँदै गरेका प्रहरीलाई प्रदर्शनकारीले रोकेपछि प्रहरीले लाठी प्रहार गरेको थियो । सो क्रममा प्रहरीले केही सेल अश्रुग्याँस समेत प्रहार गरेको छ ।
प्रहरीको लाठी प्रहार र अश्रुग्याँसबाट एमाओवादी नेतृ हिसिला यमीसहित केही आन्दोलनकारी घाइते भएका छन् । source nepal sandesh




प्रतिक्रिया दिनुहोस्...