बलिउडमा अभिनेता सलमान खान जेल चलान !
वैशाख ७ गते मुम्बई ।
बलिउडमा दुई दशक लामो करियर एकछत्र राज गरेका अभिनेता सलमान खान जेल जाने भएका छन् । उनीमाथि चल्दै आएको चर्चित हिट एण्ड रन मुद्दामा अदालतले सोमबार भोली फैसला गर्दैछ ।
बलिउडमा दुई दशक लामो करियर एकछत्र राज गरेका अभिनेता सलमान खान जेल जाने भएका छन् । उनीमाथि चल्दै आएको चर्चित हिट एण्ड रन मुद्दामा अदालतले सोमबार भोली फैसला गर्दैछ ।
फैसलामा सलमानका प्रमाण कमजोर देखिएकाले उनी जेल चलान हुने भएको भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।
करिब १३ वर्ष अगाडी २००२ को घटनामा लगाईएको आरोप अनुसार सलमानले मदिरा सेवन गरी कार चलाउदा फुटपातमा सुतेका १ जनाको मृत्यु भएको थियो । भने चार जना गम्भीर घाइते भएका थिए ।
तर, सलमानले गाडी आफूले नचलाएको दाबी गर्दै आएका छन् । ड्राइभरले गाडी चलाईरहेको आफु पछाडी सिटमा बसेको वयान अदालतमा दिँदै आएका छन् । उनका ड्राइभरले पनि सोही वयान दिएका छन् ।
पीडित परिवारका व्यक्तिहरुले सलमानले नै गाडी चलाएको आरोप लगाएका छन् ।
४९ वर्षीय सलमान भोली आफ्नो वकिल सँगै थप वयान दिन तथा फैसला सुन्न अदालत जाँदै छन् ।
टिप्पणी अनुसार सलमानविरुद्ध परेका अन्य मुद्दाहरुले पनि न्याय पाउन मुस्किल छ । उनलाई सजाय हुने कतिपय विश्लेषकहरुको अनुमान छ । एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar
