News
»
.सडक दुर्घटनामा कतारमा नेपालीको निधन
.सडक दुर्घटनामा कतारमा नेपालीको निधन
कतार, २५ चैत - कतारबासी नेपाली समुदायका अग्रज एवम् सक्रिय समाजसेवी सोया दाहालको सडक दुर्घटनामा परी मङ्गलबार काठमाडौँमा निधन भएकामा कतारमा कार्यरत
सङ्घसंस्थाले नेपाल सरकारसँग क्षतिपूर्ति दिन आग्रह गरेका छन् । सोमबार साँझ टिपरले ठक्कर दिँदा वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । उनि एनआरएन एएनसी कतारका कार्यसमिति सदस्य, दाङ देउखुरी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार एवम् नेपाली महिला समाजको सल्लाहकार पनि थिए । कतारमा स्थानीय कम्पनीमा कार्यरत दाहाल बिदामा घर फर्किनुभएको थियो । उनिसँग आज कतार फर्किने हवाई टिकट थियो । श्रम स्वीकृति लिई फर्किने क्रममा मोटरसाइकलमा सवार हुँदा उनलाई ठक्कर दिइएको थियो । उनका श्रीमान् र छोराछोरी छन् । घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनाका साथै आफूहरुलाई उचित क्षतिपूर्ति प्रदान नगरिएसम्म शव नउठाउने भनी पीडित परिवार तथा आफन्तले धर्ना दिँदैआएका छन् । रासस
source:taja khabar
कतै छुटाउनु भो कि ? Related Posts:
प्रतिक्रिया दिनुहोस्...