.पारस काठमाडौं आएपछि दरवार विभाजितः पारस र ज्ञानेन्द्रको मनोयुद्ध उग्र हुँदै



२० चैत, काठमाडौं ।
३ वर्ष सम्म घर बाहिर होइन देश बाहिर बसेका पूर्व युवराज पारस साह विहीबार काठमाडौंमा ओर्लिए । काठमाडौंमा ओर्लिँदा उनलाई समर्थकहरुले नारावाजी सहित स्वागत गरे ।
तर अनौठो ३ वर्ष पछि स्वदेश फर्केको छोरोलाई लिन न त पूर्वाराज ज्ञानेन्द्र नै विमानस्थल पुगे नत्र पारस पत्नि हिमानी नै । त्यति मात्र होइन पारसले आफ्नै घरमा बास पाएनन् । करिव ४ वर्ष देश बाहिर बसेका पारस आउँदा दरवारमा जति खुसियाली हुनु पर्ने हो त्यस्तो केही देखिएन बरु उल्टो तनाव देखियो । ज्ञानेन्द्रले छोरा पारसलाई निर्मल निवासमा समेत स्वागत गर्न चाहेनन् । निर्मल निवासबाट एक किलोमिटर टाढाको दुरीमा रहेको धुम्बाराही स्थित कुण्डलिनीमा पारसले रात विताए । ४ वर्ष पछि घर फर्किँदा पनि पारस शरणार्थी बने ।
Gyanendra_Paras
पारस र ज्ञानेन्द्रको मनोयुद्ध
छोरा पारसका कारण बदनामी खेप्नु परेको महसुस गरेका पूर्व राजा ज्ञानेन्द्र अव छोरासँग आफूलाई जोडिरहन चाँहदैनन् । उनले पारसलाई बाहिर राखेरै सवक सिकाउने रणनीति लिएका छन् । ज्ञानेन्द्रको भित्री मनसाय विदेशमा बसेर दुर्ब्यसनी बनिसकेको छोरालाई पुनर्स्थापना केन्द्रमा राखेर उपचार नै गर्ने रहेको भएपनि परिवारभित्र भने यो विषयमा विवाद रहेको श्रोतले बताएको छ । छोरो काठमाडौंमा आइसक्दा पनि ज्ञानेन्द्रले पारसलाई भेट्न सम्म नचाहेको दरवार श्रोतको भनाई छ । पारस र ज्ञानेन्द्रबीच राजतन्त्रको अन्त्य हुने समय देखि नै मतभेद रहेको बताइन्छ । पारसले बाबुकै कारण २४० वर्ष पुरानो राजतन्त्र गएको खुलेर नबोलेपनि राजतन्त्रको अवसान हुनु अघि राजाकै नेतृत्वमा रहेको सरकारका मन्त्रीलाई त झापड नै हानेको खुलासा भएको थियो ।
paras ktm (2)
राजतन्त्र गुमेपछि पारसको पारिवारिक सम्बन्ध विग्रेको मात्र होइन पत्नि हिमानीसँग समेत समस्या भएको थियो । बाबुसँग खुलेर झगडा गर्न पनि नसक्ने तर भनेको मान्न पनि नसक्ने पारस त्यसपछि सिंगापुर हुँदै थाइल्याण्ड गए र त्यहाँ दुर्ब्यसनीको स्तरमै पुगे । उनी त्यहाँ गाँजा सहित पक्राउ परे र जेल समेत गए । नेपालका पूर्व युवराज थाइल्याण्डमा पक्राउ भनेर सञ्चार माध्यममा हंगामा भएपछि सबै भन्दा बढी ज्ञानेन्द्रलाई पोल्यो । पारसलाई हृदयघात भएपछि एक पटक उनी छोरालाई भेट्न थाइल्याण्ड गएपनि तर विरामीबाट उठेपछि पनि छोराको बानी नसुध्रिएपछि भने ज्ञानेन्द्रले छोरालाई त्याग्ने निर्णयमा पुगेको बताइन्छ । पारसले बाबुका कारण राजतन्त्र गएको टिप्पणी गर्छन् भने ज्ञानेन्द्र छोराको ब्यवहारले आफू बदनाम हुनु परेको र जनताबाट पाउनु पर्ने साहनुभूति समेत नपाएको अनुभव गर्ने दरवार निटकका एक पूर्व सुरक्षा अधिकारीले बताए ।
दरवार नै विभाजित
पारस काठमाडौं आएपछि दरवारमा शान्ति हुनुको साटो अशान्ति भएको छ । नागार्जुन देखि निर्मल निवास सम्म पारस र ज्ञानेन्द्रको मनोयुद्धको प्रभाव देखिन्छ । दरवारका कतिपय सदस्य पारसलाई निर्मल निवास वा नागार्जुन राखेर राम्रो बाटोमा ल्याउनु पर्ने पक्षमा छन् भने कतिपय भने ज्ञानेन्द्रकै मनस्थितिमा उनी नसुध्रिए सम्म स्वागत गर्न नहुने पक्षमा छन् । यस्तो चेपुवामा पूर्व रानी अर्थात पारसकी आमा कोमल देखि पारसकी पत्नि हिमानी सम्म परेका छन् । पारसले थाइल्याण्डमा गएर प्रेमिका बनाएको मात्र होइन नेपाल ल्याउने सम्मका चर्चा सार्वजनिकरुपमा नै चलेपछि दरवारमा झनै अहसज अवस्था आएको छ । पारसकै तीन सन्तान हुर्काइरहेकी हिमानी पनि पति पारससँग खुसी नभएको बताइन्छ । पारस सुध्रिने र प्रेमिकालाई छोड्ने सुनिश्चित नभए सम्म उनी पनि पारससँग सम्बन्ध राम्रो हुन नसक्ने अडानमा रहेको पारसका एक साथीले नेपाली हेडलाइन्सलाई बताए ।
parash-shah-with-himani
धरापमा हिमानी पारस सम्बन्ध
हुन त पारस र हिमानी साहको सम्बन्ध अव कानूनी र कागजी मात्र भएको टिप्पणी शुरु भएको धेरै भैसक्यो । पारसले सार्वजनिकरुपमा नै प्रेमिकासँग सयर गर्न थालेपछि दरवारीया इज्जत बँचाउन मुस्किलमा परेकी हिमानी पारससँग जीवन विताउन र छुटाउन दुवै नसक्ने अवस्थाका कारण धर्म संकटको अवस्थामा रहेको एक दरवार निकट अधिकारीले बताए । त्यही तनावका कारण पनि हिमानीले सामाजिक काममा ध्यान दिन हिमानी ट्रष्टको माध्यमबाट सक्रिय रहेको उनको दावी छ ।
himani shah with child
दरवारको चलनलाई उल्लङ्घ गर्न पनि नसक्ने त्यहाँ भित्र रहन पनि कठिन हुने धर्म संकटमा उनी रहेको बताइन्छ । पारसका उद्दण्ड गतिविधी र दरवारिया अनुशासनका कारण पारस हिमानी सम्बन्ध न निल्नु न थुक्नुको अवस्थामा पुगेको विश्लेषण समेत कतिपयले गरेका छन् ।source:nepali headline





प्रतिक्रिया दिनुहोस्...