.फेरी स्कुले छात्रामाथि आधा दर्जन युवाद्वारा सामूहिक बलात्कार
April 03, 2015 चैत २० – राजविराजकी एक १६ वर्षीया स्कुले छात्रालाई अपहरण गरी आधा दर्जन युवाले सामूहिक बलात्कार गरेका खुलेको छ । घटनाको एक हप्तासम्म पनि बलात्कारका अभियुक्त पक्राउ परेका छैनन् ।
राजविरज–३ का शम्भु साहसहितका युवाले उनलाई सामूहिक बलात्कार गरेको खुलेको छ । उनको अश्लिल भिडियो आफूसित रहेको भन्दै साहसहितका युवाले तीन घन्टासम्म बन्धक बनाएर बलात्कार गरेका थिए । सप्तरीको लोहजारा गाविस निवासी सुनील साहसँग उनको दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । सोही क्रममा उनीहरुबीच भएको शारीरिक सम्बन्धको भिडियो आफूसित रहेको भन्दै एक महिनादेखि साहले फोन गरेर युवतीमाथि ब्लकमेल गर्ने गरेका थिए,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
