.श्रीमती परपुरुषसँग सल्किनुको कारण : थाहा पाईराखौ
वैवाहिक जिवनमा निरासा तथा बेमेलको कुरा नौलो होइन, विश्वव्यापी सनातन सत्य हो । तर लोग्नेस्वास्नीको झगडा परालको आगो भनेझैँ धेरै दम्पतिको हकमा यस्तो झगडा छिटै सामसुम भैहाल्छ अनि हठात् अँगालोमा बाँधिन्छन् लोग्नेस्वास्नी ।
लोग्ने स्वास्नी भएपछि सम्भोग भन्ने कुरा सामान्य हो र वैवाहिक जिवनको लागि एक अनिवार्य शर्त जस्तै हो । तर जापानमा भने आधाजसो दम्पतिले सहबास नगर्ने गरेको अनौठो तथ्यको खुलासा भएको छ । कण्डम निर्माता कम्पनी सागमी गोमुले गरेको सर्भेका अनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोग रहित हुन्छन् । आखिर किन भयो होला यस्तो ? कारण पनि निकै डरलाग्दो छ । जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध राख्ने गरेकै कारण लोग्नेस्वास्नीबीच सेक्स नहुने गरेको तथ्य सर्भेले खुलासा गरेको छ । जापानका धेरै कामकाजी महिलाहरुले आफ्नो लोग्नेसँग सम्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग यौन सम्बन्ध कायम गर्ने गरेकै कारण उनीहरुले आफ्नो लोग्नेसँग सम्भोगका लागि तयार नहुने गरेका हुन् । सर्भेक्षणमा सहभागि ५ सय जना ४० वर्षको उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले परपुरुषसँग सम्भोग गर्ने गरेको स्विकारे । त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुषसँग सम्भोग गर्न मन पर्ने जवाफ दिए । केही महिलाले नैतिक रुपमा परपुरुषसँगको सम्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताए । १० प्रतिशतले त आफुले परपुरुषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ की भनेर निकै डराउने गरेको जवाफ दिए ।source:esanjal
