.बेहुली नराम्री देखेपछि विवाहकै दिन बेहुलाद्वारा आत्महत्या गर्न थाले



एजेन्सी
 सबैले आफ्नो हुनेवाला पत्नी सुन्दर र सुशील होस् भन्ने चाहन्छन् । तर, वास्तवमा त्यसको ठीक उल्टो भयो भने तपाईं के गर्नुहुन्छ ? चीनमा भने एक युवकले आफ्नो दुलही आफूले कल्पना गरेभन्दा ठीक उल्टो पाएपछि विवाहकै दिन आत्महत्या गर्ने प्रयास गरेका छन् ।


३३ वर्षीय काङ हु का लागि उनका आमा बुवाले ३० वर्षीय ना सुङलाई पत्नीका रुपमा छानेका थिए । काङले विवाहको दिनभन्दा अघिसम्म सुङलाई भेटेका थिएनन् । तर, विवाहका दिन जब उनले सुङलाई पहिलो पल्ट देखे, उनले आफूले कल्पना गरेको जस्तै पत्नी पाएनन् । उनी निरास बने र विवाह समारोहकै बीचमा आफ्नो हुने वाला पत्नीलाई नराम्री भन्दै त्यहाँबाट हिँडे र छेउको खोलामा हामफालेर आत्महत्याको प्रयास गरे ।
त्यति बेलाको माहौल निकै अप्ठ्यारो अवस्था थियो, विवाहमा बोलाइएका मध्ये एक पाल चान वाङले भने, वेहुली दुःखी थिइन् भने दुवैका आमा बुवा निकै रिसाएका थिए । हामी भने के गर्ने भन्ने अक्क न वक्क थियौं । काङलाई यस विवाहका लागि उनका आमाबाबुले जबजस्र्ती गरेको पनि उनले बताए ।

विवाह समारोहबाट एक्कासी बाहिरिएका दुलाहको खोजीमा दुवै परिवारका सदस्य लागेका थिए । केही समयपछि काङलाई खोलाको किनारमा डुलिरहेको अवस्थामा उनीहरुले फेला पारेका थिए । तर, उनीहरुले केही भन्नुभन्दा पहिले उनले खोलामा हामफाले ।
हामी पुग्दा उसको शरीर पानीमा तैरिरहेको थियो, काङका एक साथी क्वान सुईले भने, मलाई त लागेको थियो ऊ मरिसकेको छ । पछि प्रहरी र उद्धारकर्ता आएर काङको शरीर पानीबाट निकालेर उसको ज्यान जोगाएको थियो ।
होसमा आएपछि भने काङले आफू आफ्नो हर्कतबाट निकै शर्मिन्दा बनेको बताए थिए । जब मैले आफ्नो दुलहीलाई देखे मैले आत्महत्याबाहेक अन्य कुनै उपाय सोच्न सकिँन, उनले भने ।रातोपाटी डटकममा खबर छ ।source:taja khabar




प्रतिक्रिया दिनुहोस्...