.सीके राउतलाई प्रहरीले फेरी कुट्यो (तस्विर सहित)



२२ चैत, काठमाडौं ।

विवादास्पद मधेशी अभियान्ता डा सीके राउतको आमसभाको तयारीमा प्रहरीले हस्तक्षेप गर्दा राउतसहित उनका समर्थक घाइते भएका छन् । झापामा आयोजित आमसभालाई विथोल्नका लागि प्रहरीले बल प्रयोग गर्दा सीके राउत घाइते भएका छन् भने उनका कार्यकर्ता पक्राउ परेका छन् ।




सीके राउत समूहले झापामा मञ्च निर्माण गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले सीके राउतका कार्यकर्तालाई नाकाबन्दी गरेको आरोप समेत उनका समर्थकले लगाएका छन् ।


स्वतन्त्र मधेश, लोकतान्त्रिक व्यवस्था र शान्तिपूर्ण एवम् अहिंषात्मक मार्ग को नीति लिएर आफूले आमसभा गर्न समेत नदिएर सरकारले वाक्‌-स्वतन्त्रता, आवत-जावत गर्ने स्वतन्त्रता र भेला हुने स्वतन्त्रतामाथि हस्तक्षेप गरेको समेत सीके राउत नेतृत्वको स्वतन्त्र मधेश आरोप गठबन्धनले लगाएको छ ।
source:nepali headline






प्रतिक्रिया दिनुहोस्...