;प्रचण्डको हैसियत लाजिम्पाट महल होइन बाग्मतीको झुप्रो हो
सिन्धुपाल्चोक थुम्पाखर ८ टिमुरेका हिराबहादुर कार्की सर्वहारा वर्गको मुक्तिको सपना साँचेर २०५८ सालबाट तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्दमा लागे । घरबार छाडेर अन्याय, अत्याचार, भ्रष्चारका विरुद्ध र जनताको मुक्तिका लागि ज्यान बाजी राखेर युद्धमा होमिएका कार्की अहिले निक्कै निराश छन् ।
कर्कीलाई अहिले राजनीतिप्रति नै वितृष्णा जागेको छ । उनी जस्ता आफ्नै पार्टीबाट पीडितहरु मिलेर पार्टी विरुद्धमा आन्दालन छेड्न तयार छन् उनी । अवकाश प्राप्त लडाकू कार्कीले पाँच लाख रुपैयाँ त लिए, तर उनको सपनाको क्षतिपूर्ती पाँच लाखले हुनेवाला छैन । माओवादीमा लाग्नुभन्दा पहिला उनी राप्रपाका गाउँ स्तरका नेता थिए । उनी अहिले पनि जनयुद्धको घाईतेका बापतको २० हजार रुपैयाँ लिन अहिले पनि सदरमुकाम धाईरहेका छन् ।
त्यस्तै, टेकानपुरकी २० बर्षिया बिन्दा महतको पनि अक्रोश चानचुने छैन । जनताको घरघरमा अधिकारको कुरा गर्दै हिड्ने उनी अहिले आफ्नै अधिकारको लागि लड्दै छिन् । उनी पनि लाउँलाउँ खाउँखाउँकै उमेरमा जनयुद्धमा लागेर जीवनको उर्जशील समय बर्बाद भएकोमा खिन्न छिन् । उनी नै उमेरका कति साथीहरु कोही हलेज पढ्छन्, कोही जागिर खान्छन् । तर, उनको जवानी जागिर पढाईको सपना मओवादी युद्धले खायो । अहिले उनलाई युद्धमा लागेकोमा पच्छुतो त लागको छ नै, अहिले एमाओवादी पार्टीको गतिविधी हेर्दा त्यत्तिकै आक्रोश पनि छ । उनी भन्छिन्, ‘कलिलैमा हमीलार्इै पार्टीमा लगेर किन अलपत्र बनाएको ? नेताले जवाफ दिनु पर्छ । पार्टीले त हामीलाइृ प्रयोग मात्रै ग¥यो ।’ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
