.पारस काठमाडौं फर्किँदा विमानस्थलमै तनाव (फोटो फिचर)
१९ चैत, काठमाडौं ।
पूर्व युवराज पारस साह थाइल्याण्डबाट काठमाडौं फर्किएका छन् । विहीबार दिउसो थाइ एयरको विमानबाट पारस काठमाडौं ओर्लिएका हुन् । विगत केही वर्ष देखि देश बाहिर रहेका पारस विहीबार स्वदेश फर्किँदा उनलाई स्वागत गर्ने र रमिता हेर्नेको भिडले अन्तराष्ट्रिय विमानस्थल भने अस्तब्यस्त बन्यो ।
पारस आएका तस्विर खिच्न र समाचार संकलन गर्न विमानस्थल पुगेका सञ्चारकर्मी र सर्वसाधारणको भिड सम्हाल्न प्रहरीलाई हम्मे हम्मे परेको थियो ।
प्रहरीले सञ्चार कर्मीलाई समेत तस्विर खिच्ने ब्यवस्था मिलाउन नसकेको भन्दै सञ्चारकर्मी भने आक्रोशित देखिन्थे ।
पारस शाह एकदमै हँसिला र औपचारिक पहिरनमा देखिन्थे । विगत केही वर्ष यता थाइल्याण्डमा पटक पटक लागु औषध लगायतका मुद्धामा पक्राउ पर्दै रिहा भएका कारण उनी बदनाम भएका थिए ।
तर पारस पत्नि हिमानी साह तथा उनका पिता पूर्व राजा ज्ञानेन्द्र शाहका परिवारका कोही सदस्य पनि विमानस्थलमा देखिएनन् ।
पारसलाई स्वागत गर्न राजावादी र उनका शुभचिन्तक नेपाली झण्डा बोकेर विमानस्थल पुगेका थिए । कतिपयले ‘राजा आउ देश बचाउ’ ‘पारस सरकार जिन्दावाद’ भन्ने नारा समेत लगाए ।
पारस साह बैंककमा हुँदा निक्कै झुत्रे देखिएका तस्विर सार्वजनिक भएपनि काठमाडौंमा ओर्लिँदा भने उनमा पुरानै राजसी ठाँट देखिएको महशुस धेरैले गरे ।source:nepali headline
