.ज्ञानेन्द्रले ‘निर्मल निवास छिर्न नदिएपछि यहाँ गए पारस
बिहीवार 19 चैत, 2071
विमानस्थलमा समर्थकको ओइरोः
काठमाडौं, चैत्र १९ । लामो समयपछि पूर्वयुवराज पारस शाह विहीबार स्वेदश फर्किएका छन् । थाइल्यान्डबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतका लागि ठूलो संख्यामा समर्थक र शुभेच्छुकहरु भेला भएका थिए ।
पारसलाई स्वागत गर्न विमानस्थल पुगेका शुभेक्छुकहरुको भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मे–हम्मे परेको थियो । ठूलो संख्यामा समर्थकहरु विमानस्थल पुगे पनि पारसलाई लिन परिवारका कुनै सदस्य विमानस्थल गएनन् ।
पारस, विमानस्थलबाट सीधै निर्मल निवास जाने भनिए पनि ‘विगतका गतिविधि, आफ्नै परिवारप्रतिको व्यवहार, उनीमाथि भएका कानुनी कारबाही, परिवारमा परेको असर र हालको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवास आउन रोक लगाएको’ स्रोतले जनाएको छ ।
‘अझैपनि आवश्यक उपचार व्यवस्थाका लागि सुधार केन्द्रमा बस्नुपर्ने र अब हुने आचरण र व्यवहारसमेतलाई ध्यानमा राखेर’ उनलाई हाललाई धुम्बाराहीस्थित कुन्डलिनी फिटनेश सेन्टरमा बस्ने ब्यबस्था मिलाइएको छ ।
थाइल्यान्डमा रहँदा पारस पटक–पटक लागू औषधसहित पक्राउ परेका थिए । भविष्यमा पारस शाह नेपालमै रहने वा फेरि विदेश जाने भन्नेबारे आधिकारीकरुपमा केही खुलाइएको छैन ।source:taja kahabar
