.मलेसिया जेलमा नांगै नांगै बनाई बेइज्जतीपूर्ण यातना.....!



काठमाडौं- चैत्,२६

-मलेसियामा पक्राउ परेका नेपालीलाई त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा नांगै बनाई बेइज्जतीपूर्ण यातना दिने गरिएको खुलेको छ। अवैध तरिकाले मलेसिया बस्दै आएका नेपालीलाई पक्राउ गरी त्यहाँका प्रहरी र जेल अधिकारीले अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारविपरीत यस्तो यातना दिने गरेका हुन्।


मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्द्र हुँदै स्वदेश फर्केका नेपालीका अनुसार उनीहरूलाई नांगै पारेर नृत्य, कसरत, पिचमा लडिबुडी, घुँडा र कुहिनाले टेकी हिँड्न र उठबस गराई बेइज्जतीपूर्ण यातना दिने गरिन्छ। प्रहरी तथा जेल अधिकारीले यसबाट मनोरञ्जन लिने गर्छन्। पक्राउ गरी अदालतले सजाय तोकेपछि यातनाको क्रम सुरु हुने त्यहाँबाट फर्केका नेपाली बताउँछन्।‘मलाई जेलमा चारपटक र क्याम्पमा दुईपटक नांगै बनाई यातना दिए। नांगै बनाएपछि कान समातेर हिँड्न लगाउँथे। कसरत गर्न भन्थे, नसके कुटपिट गर्थे। नांगो हुन नमाने हातखुट्टा भाँचिने गरी कुट्थे।'source:taja khabar




प्रतिक्रिया दिनुहोस्...