पाकिस्तानी प्रधानमन्त्रीकी छोरीले नरेन्द्र मोदीलाई भनिन् ‘धन्यवाद !’
२६ चैत, काठमाडौं ।
भारत र पाकिस्तानबीच खान्दानी दुश्मनी छ । तर यी देशबीच विभिन्न समयमा फरक फरक कुटनीति चर्चामा रहन्छन् । कहिले क्रिकेट कुटनीति त कहिले के ।
पछिल्लो समयमा पाकिस्तानले यमनमा फसेका भारतीयलाई पाकिस्तानीसँगै उद्दार गरेपछि यी २ देशबीच केही सौहार्दता देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री नवाज शर्रीफलाई धन्यवाद दिएपछि शर्रीफकी पुत्री मरियम शर्रिफले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्यक्तिगत सन्देश पठाएपछि चर्चा भएको छ ।
मोदीले मानवीयता प्रदर्शन गरेको भन्दै मरियमले मोदीलाई पनि आभार प्रकट गरेकोमा धन्यवाद भन्दै भारत र पाकिस्तानलाई मानवीयताले जोडेको भनेकी छिन् । यो सन्देश भारतीय मिडियामा हेडलाइन बनेको छ ।
मरियमले ट्वीटरबाट मोदीलाई धन्यवाद दिएकी थिइन् । मोदीले पाकिस्तानी प्रधानमन्त्रीलाई मानवीयता प्रदर्शन गरेको भन्दै धन्यवाद दिएका थिए ।source:nepali headline
