.जहाँ जागिरको ग्यारेन्टीसहित वेश्यावृत्तिको पढाई हुन्छ…



March 31, 2015

काठमाडौं ।

पछिल्लो समयमा नेपालमा शैक्षिक बेरोजगारहरुको संख्या बढिरहेको छ । जसले गर्दा देशको युवा शक्ति विदेशिन बाध्य छन् ।

तर यो समस्या नेपालको मात्रै होइन, संसारभरी नै युवाहरु कामको खोजीमा अर्को देश जाने गर्छन ।
यस्तो अवस्थामा कुनै स्थानमा बेश्यावृत्तिको पढाई हुन्छ, त्यो पनि जागिरको ग्यारेन्टीसहित भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर यो कुरा साँचो हो ।
स्पेनको एक कम्पनीले वेश्यावृत्तिको कोर्स चलाईरहेको छ । एक साताको हुने उक्त कोर्सका लागि हरेकले १०० यूरो तिर्नुपर्छ ।
वेलेनिकाको यो स्पेनिस फर्मले कोर्स चलाउने मात्रै नभएर जागिरको ग्यारेन्टी समेत दिने गरेको छ । डेली मेलमा ली मोरानले लेखेका छन् कि केवल १०० यूरो खर्च गरेर वेश्यावृत्तिको इतिहाससहित बढाउने गरिन्छ ।
यसका अलवा यहाँ सेक्स टोयको खरिद र कामसूत्रमा सेक्सलाई यादगर बनाउने उपाय सिकाइन्छ । कम्पनीले १९ देखि ४५ वर्षका मानिसहरुले एक साता कोर्सका लागि आएको दावी गरेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar




प्रतिक्रिया दिनुहोस्...