.घरमा श्रीमती हुँदाहुँदै अर्कै युवतीसँग सल्किएपछि…
सिरहाको राजपुर गाविसमा प्रेम विवाह गरेकी एक किशोरीले आफ्ना पतिले आफूलाई ढाँटेर पुनः दोस्रो विवाह गरेको भन्दै कानुनी अधिकारका लागि सघाउन आग्रह गरेकी छन् ।
“अहमदावादमा मलाई डेरामा छाडेर काम गरेर फर्किन्छु है भनेर हिँडेका थिए घरमा आएर दोस्रो विवाह गरेछन्” उनले भनिन् । स्थानीय सहृदयीको सहयोगमा घरसम्म आएर खोजी गर्दा अर्को विवाह गरेर बसेको भेटिएपछि आफूले जिल्ला प्रहरी कार्यालय सिरहामा कारबाहीका लागि उजुरी दिएको उनले बताइन् ।
जातीय परम्परा तोडेर प्रेम विवाह गरेको भन्दै माइतीमा बाबुलाई मुखिया समुदायले रु चार लाख र भोजको जरिवाना सुनाएकाले माइतीमा समेत जान नसकेको सुनाउँदै उनले बस्ने ठाउँसमेत नहुँदा समस्या भएको गुनासो गरिन् । source:taja khabar
