..आफ्नै शिक्षिकाका श्रीमानले बलात्कार गरे १३ वर्षीया किशोरीलाई
वैशाख-३, काठमाडौं ।
राजधानीको लाजिम्पाटमा १३ वर्षीया किशोरी बलात्कृत भएको सार्बजनिक भएको छ ।
लाजिम्पाट-२ की किशोरीलाई आफ्नै शिक्षिकाका श्रीमानले बलात्कार गरेको उजुरी प्रहरीमा परेपछि सो कुरा सार्बजनिक भएको हो ।
शिक्षिका दिप्ती महर्जनसंग ट्युसन पढ्न जाने गरेकी बालीका ट्युसन पढाउने शिक्षिका कै श्रीमान् निलकण्ठ महर्जनबाट बलात्कृत भएकी हुन् । काठमाडौंको ठमेलमा तमाकु रेष्टुरेन्ट एण्ड बार सन्चालन गरि बस्ने निलकण्ठ महर्जनले २०७१ साल चैत्र २१ गते दिउँसो बालीकालाई ललाईफकाई रेष्टुरेन्ट नजिकैको रितु मौरिया होटलको कोठा नं १०१ मा लगि जबरजस्ती करणी गरेको खुलेको छ ।
महर्जन दम्पतीले घटना बारे कसैलाई बताए ज्यानमार्ने धम्की दिएका कारण बालिका चुप लागेर बास्न बाध्य भएकी थिइन । यसैबीच शिक्षिका दिप्तीले बालिकालाई अझै पनि आफनो श्रीमानसँग रहेको भन्दै कुटपीट गरेपछि घटना बाहिर आएको हो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको छानविन भईरहेको र दोषी देखिए तुरुन्तै कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । घटनामा संलग्न निलकण्ठ महर्जन र दिप्ती कर्माचार्यलार्य प्रहरीले हिरासतमा लिइसकेको छ ।source:taja khabar
