.मृत्युको मुखबाट यसरी बाँचे अमिताभ



एजेन्सी- बलिउड महानायक अमिताभ बच्चन अहिले ७२ वर्ष पुगिसकेका छन् । तर, पनि उनमा जोश र जाँगरको खाँचो देखिदैन । बलिउडमा ‘बिग बी’ का नामले चिनिने अमिताभ फिल्म ‘कुली’को सुटिङका क्रममा कालको गाँस बन्नबाट जोगिएका थिए ।

बेंगलुरुमा फिल्म ‘कुली’को सुटिङ भइरहेको थियो । २४ जुलाई १९८२ मा फिल्मको एक दृश्यमा धार्मिक सिरियल महाभारतमा दुर्योधनको भूमिकामा देखिएका पुनीत इस्सर अमिताभका मामालाई पिट्छन् । अमिताभ बचावका लागि बीचमा पर्छन् । द्वन्द्व निर्देशकका अनुसार अन्तिम सिनमा पुनीतले अमिताभको मुखमा हान्नुपर्ने थियो र अमिताभ टेबलमा पल्टिएर लड्नुपर्ने थियो । यो सिन डुप्लिकेटमाथि गरिने पक्का भएको थियो । तर, सिनलाई वास्तविक देखाउन अमिताभ आफैँ अघि सरे । सिन योजनाअनुसार नै भयो । मुखमा लाग्नेबित्तिकै अमिताभ स्टिलको टेबलमा पल्टिएर अर्को कुनामा लडे । सिन रिएल देखियो, सबैले ताली बजाए । अमिताभले पनि हल्का मुस्कान छाडे । त्यसैबलादेखि उनको पेट दुख्न थाल्यो । दुखेपछि उनी केही बेर बगैँचा डुले । उनले भनेअनुसार टेबलको कुनो उनको पेटमा बिझेको थियो । रगतको एक थोपा पनि ननिस्केपछि उनले यसलाई सामान्य ठाने । आराम गर्न होटल फर्के तर उनको पीडा कम भएन । कसैले मालिस त कसैले बाम लगाउने सल्लाह दिए । भोलिसम्म निको हुन्छ भनेर अमिताभ पीडा सहेर बसे ।
अगस्ट २ मा उनको स्वास्थ्य झनै बिग्रेपछि डाक्टरले फेरि अपरेसन गर्नुपर्ने बताए । तीन घण्टाको अपरेसनपछि अमिताभको अवस्था देखेर डाक्टरले औषधिका साथ उनलाई प्रार्थनाको पनि आवश्यकता भएको बताए । त्यसपछि देशभरि उनका लागि प्रार्थना हुन थाले । धार्मिक स्थल र मन्दिरहरूमा उनका फ्यान प्रार्थना गर्न पुगे । अमिताभको अवस्था झन्झन् बिग्रिन थाल्यो ।
दोस्रो दिन पनि दुखाइ कम नभएपछि उनी डाक्टरकोमा गए । एक्स–रे गर्दा केही देखिएन । केही सीप नलागेपछि उनलाई निद्रा लाग्ने औषधि दिएर सुताइयो । यतिबेलासम्म घरबाट अमिताभकी आमा तेजी बच्चन, श्रीमती जया बच्चन र भाइ अजिताभ बेंगलुरु पुगिसकेका थिए ।
तेस्रो दिन उनको अवस्था झन् बिग्रँदै गयो । औषधिले अमिताभको स्वास्थ्य सुध्रिएन भने अपरेसन गर्नुपर्ने सर्जन एचएस भट्टले बताए । यतिबेलासम्म पनि अमिताभ पीडाले कराउँदै थिए । २७ जुलाईमा डाक्टरले अपरेसन गर्ने निधो गरे । जब डाक्टरले अमिताभको पेट चिरे, उनीहरू छक्क परे । उनको पेटको झिल्ली, जसले पेटका अंगलाई जोडेर राख्छ त्यो र सानो पेट च्यातिएको थियो । यस्तो अवस्थामा तीनचार घण्टामै अपरेसन गरिएन भने मानिस मर्न सक्छ । तर, अमिताभ तीन दिनदेखि यसै स्थितिमा जीवित थिए ।
डाक्टरले पेट सफा गरे र सिए । त्यसबेला अमिताभ अस्थामा, डाइबेटिज रोगबाट ग्रस्त थिए भने पिलियाका कारण उनको एउटा मिर्गौला खराब भइसकेको थियो । अपरेसनको एक दिनपछि उनलाई निमोनियाले समात्यो । शरीरमा विष फैलँदै गयो र रगत पातलिँदै गयो । पछि डाक्टरले उनलाई मुम्बई लैजाने सल्लाह दिए । एयरबसमार्फत लगिने सल्लाह भएपछि एयरबसका सबै सिट हटाई क्रेनबाट स्टे«चरमा सुतेका अमिताभलाई बसमा राखियो । उपचारका लागि उनलाई मुम्बईको ब्रिच क्यान्डी हस्पिटलमा भर्ना गरियो । १ अगस्टसम्म उनको अवस्थामा अलि सुधार आयो । अगस्ट २ मा उनको स्वास्थ्य झनै बिग्रेपछि डाक्टरले फेरि अपरेसन गर्नुपर्ने बताए । तीन घण्टाको अपरेसनपछि अमिताभको अवस्था देखेर डाक्टरले औषधिका साथ उनलाई प्रार्थनाको पनि आवश्यकता भएको बताए । त्यसपछि देशभरि उनका लागि प्रार्थना हुन थाले । धार्मिक स्थल र मन्दिरहरूमा उनका फ्यान प्रार्थना गर्न पुगे । अमिताभको अवस्था झन्झन् बिग्रिन थाल्यो । उनलाई सास फेर्न पनि गाह्रो हुनथाल्यो । केही दिनसम्म उनको स्वास्थ्यमा उतारचढाव आइरहे । सामान्य मान्छेदेखि सेलिब्रिटीसम्म, उनलाई रगत दिन जो पनि तयार थियो । बीस जना मान्छेको रगत उनलाई चढाइयो ।
डाक्टरहरूले मलाई मेडिकल्ली मृत घोषित गरिसकेका थिए । जया आईसीयू बाहिर उभिएर हेरिरहेकी थिई । जब डाक्टरले कोसिस गर्न बन्द गरिसकेका थिए, उसले चिच्याएर भनी, ‘मैले भर्खरै उनले खुट्टाको बुढी औँला चलाएको देखेँ । प्लिज कोसिस जारी राख्नुस् । यसपछि डाक्टरले मेरा खुट्टाको मालिस गर्न सुरु गरे र मभित्र फेरि प्राण आयो ।

१३ अगस्टमा उनको तेस्रो अपरेसन भयो । लन्डनबाट एक्सपर्ट बोलाइए । उनीहरूले अमिताभका उपचार सही दिशामा गइरहेको ठम्याए । तर, उनलाई प्रार्थनाको आवश्यकता भएको र कुनै चमत्कारले उनलाई बचाउने भन्नेमा विदेशी एक्सपर्ट पुगे । जया बच्चन प्रार्थनाका लागि सिद्धिविनायक मन्दिर पुग्दा त्यहाँ पहिलादेखि नै हजारौँ मानिस अमिताभको स्वास्थ्यलाभका लागि प्रार्थना गरिरहेका थिए । देशभरि होम भए भने कसैकसैले महामृत्युञ्जय जपसमेत गराए ।
१६ अगस्टमा अमिताभको स्वास्थ्यमा सुधार भयो । उनी अलिअलि खाना खान थाले र केही पाइला हिँडे पनि । तर, उनले लामो समयसम्म हस्पिटलमा बस्नुप¥यो । २४ सेप्टेम्बरमा उनले हस्पिटलबाट मुक्ति पाए । अमिताभ घर फर्कंदा घरअगाडि लाखौँ प्रशंसक उनको पर्खाइमा थिए । हात हल्लाउँदै प्रशंसकहरूलाई धन्यवाद दिँदै अमिताभले भने– जीवन र मृत्यबीच एउटा भयानक अग्निपरीक्षा थियो । दुई महिनाको अस्पताल प्रवास र मृत्युसँगको लडाइँ अब सकियो । मृत्युमाथि विजय प्राप्त गरी म घर फर्केको छु ।
एक अन्तर्वार्ताका क्रममा अमिताभले भनेका थिए– डाक्टरहरूले मलाई मेडिकल्ली मृत घोषित गरिसकेका थिए । जया आईसीयू बाहिर उभिएर हेरिरहेकी थिई । जब डाक्टरले कोसिस गर्न बन्द गरिसकेका थिए, उसले चिच्याएर भनी, मैले भर्खरै उनले खुट्टाको बुढी औँला चलाएको देखेँ । प्लिज कोसिस जारी राख्नुस् । यसपछि डाक्टरले मेरा खुट्टाको मालिस गर्न सुरु गरे र मभित्र फेरि प्राण आयो ।
त्यही अन्तर्वार्तामा उनले भनेका थिए, अस्पतालबाट फर्केपछि मलाई सहाराको आवश्यकता थियो । जयाले मलाई सहारा र साहस दिइन् । म शारीरिक र मानसिक रूपले कमजोर भइसकेको थिएँ । तर, उनले हिम्मत देखाइन् । जनवरी १९८३ मा डाक्टरले मलाई स्वस्थ घोषित गरे । तर, कामको स्वीकृति भने दिएनन् । त्यही वर्षको अगस्टमा डाक्टरले अलि–अलि काम गर्न स्वीकृति दिएपछि मैले काम र सुटिङ फेरि सुरु गरँे ।source:taja khabar




प्रतिक्रिया दिनुहोस्...