शीतलनिवासमा बलात्कार काण्ड
काठमाडौं,चैत १७
देशभरि बलात्कारका घटना बढिरहेका बेला राजधानीमा अर्को बलात्कार काण्ड मच्चिएको छ । आफ्नै छिमेकी महिलालाई बलात्कार गर्न खोजेको आरोपमा राष्ट्रपतिको कार्यालय शीतलनिवासमा कार्यरत एक कर्मचारी पक्राउ परेका छन् ।
श्रेष्ठ शीतलनिवास पछाडिकै एक घरमा डेरा गरी बस्दै आएका थिए । गत २७ गते उनकी श्रीमती माइत गएकी थिइन् । छिमेकी घरमा बस्ने एक युवतीमाथि उनले आँखा लगाउँदै आएका थिए । युवतीलाई उनले वेलावेला जिस्क्याउने गर्दथे । त्यही क्रममा श्रीमती माइत गएको मौका छोपी ती युवतीको कोठामा उनी सुटुक्क छिरे । सुरुमा जिस्क्याएर कुरा गरे । त्यसपछि युवतीलाई जवरजस्ती किस खान थाले । त्यतिबेलासम्म युवतीले गाली मात्र गरेकी थिइन् । किस खाएपछि शारीरिक सम्पर्कका लागि केटीलाई मनाउन धेरै प्रस्ताव गरे । तर,युवतीले मानिनन् । युवतीले चिच्याएर कराएपछि भेला भएका छिमेकीले उनलाई प्रहरीकोमा बुझाइदिए,आजको दृष्टि साप्ताहिकमा खबर छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:nepali aawaj
