.आखिर किन गरे...पत्रकारले सुसाइड नोट लेख्दै आत्म हत्या
नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद तथा पुर्ण स्मारक उच्च मावि गोदकका प्राचार्य विमल प्रधानले चियामा प्रयागहुने किटनाशक विषादी प्रयोग गरेर आत्महत्या गर्नु भएको छ।
बाटोमा फिक्कलको एक एग्रोभेटबाट चियामा हाल्ने विषादी खरिद गरेर गोजीमा हालेको र पशुपतिनगरको फाटकमा पुगेर गुरुङ्गलाई मोटरसाईकल र ब्लुबुक फिर्ता गरेको प्रहरीले जनाएको छ। ब्लुबुक भित्र तीन पेजको सुसाइड नोट लेखेर राखेको शिक्षक विनोद अधिकारीले भेटेपछि प्रहरीलाई जानकारी गराउनु दभएको थियो।
प्रहरीले नोट फेला पारेपछि दिउसो तीन बजेबाट उनको खोजी शुरु गरेको थियो। साझ ६ बजे दाजु पुर्ण प्रधानका छोराले मेची बजार नजिक बोल्न नसक्ने अवस्थामा उनलाई फेला पारेको हो।त्यसपछि फिक्कल स्थित स्वास्थ केन्द्रमा प्राथमिक उपचार गरेर झापाको मनमोहन मेमोरीयल अस्पतालमा पठाएका उनको सोमबार राती मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। source taja khabar
